नेपालमा १० वर्षको यात्रामा हुन्डाई क्रेटा, इतिहास देखि वर्तमान सम्म

नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सेप्टेम्बर २०२५ मा हुन्डाई क्रेटाको १०औँ वार्षिकोत्सव मनाउँदै छ।

नेपालमा सार्वजनिक भए देखि नै क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी बन्न सफल भएको छ।

क्रेटाले आफ्नो डिजाइन र उत्कृष्ट पर्फमेन्स मार्फत नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा एक छुट्टै पहिचान बनाएको छ। वर्षौंदेखि यसका विभिन्न मोडल तथा अपग्रेडहरू सार्वजनिक भएका छन्, जसले हरेक चोटि पर्फमेन्स तथा स्टाइलमा नयाँ मापदण्ड स्थापना गरेको छ।

क्रेटा ईभीको आगमनसँगै यस एसयूभीले आफ्नो नवीन प्रविधिसँग दिगो र वातावरणमैत्री यात्रालाई एकसाथ अगाडि बढाएको छ। अहिले सम्मको यात्रामा, क्रेटाले नेपालका सडकहरूमा हजारौँ परिवारलाई भरपर्दो साथ र गुणस्तरीय सेवा दिँदै आएको छ।

हुन्डाई नेपालले यो महत्वपूर्ण साथका लागि सबैप्रति हार्दिक आभार समेत प्रकट गरेको छ ।

भारत जस्तै नेपालमा क्रेज
जुलाई २०१५ मा लन्च भएदेखि नै यो मिडसाइज एसयूभीले भारतीय र नेपाली ग्राहकको विश्वास जित्दै आएको छ ।

हुन्डाईका अनुसार १० वर्षको यस अवधिमा १२ लाखभन्दा बढी क्रेटा बिक्री भइसकेको छ । लन्च भएदेखि नै बिक्रीमा अब्बल सावित यस एसयूभीले भारतमा सबैभन्दा धेरै बिक्री हुने मिडसाइज एसयूभीको पहिचान कायमै राखेको छ ।

भारतको मिड साइज एसयूभी सेग्मेन्टमा क्रेटा एउटै मोडलले ३१ प्रतिशत भन्दा बढी बजार हिस्सासहित बजारमा आफ्नो प्रभुत्व जमाएको छ । यस वर्षको ६ महिनामा मात्रै क्रेटाले ३ महिनासम्म भारतमा सबैभन्दा धेरै बिक्री हुने एसयूभीको पहिचान कायम गरेको छ । पछिल्लो समय क्रेटाको कुल बिक्रीमा ७० प्रतिशत हिस्सा सनरुफ भेरिएन्टले ओगटेको छ ।

सन् २०१६ मा हुन्डाईले ९२ हजार ९२६ युनिट क्रेटा बिक्री गरेकोमा यो संख्या २०२४ मा बढेर १ लाख ८६ हजार ९१९ युनिट पुगेको छ । भारतमा निर्मित क्रेटा १३ भन्दा बढी देशहरूमा निर्यात हुँदै आएको छ । हुन्डाईले हालसम्म ३ लाख भन्दा बढी क्रेटा निर्यात गरिसकेको छ ।

हुन्डाइले हालै यसको ईभी भर्सन समेत लन्च गरेको छ । हुन्डाई क्रेटा १.५ लिटर ४ सिलिण्डर पेट्रोल र १.५ लिटर पेट्रोल तथा डिजेल टर्बो इन्जिनमा उपलब्ध छ । त्यस्तै इलेक्ट्रिक क्रेटामा ९९ र १२६ किलोवाटको मोटर पाउन सकिन्छ भने ब्याट्री प्याक ४२ र ५१.४ किलोवाट आवर अप्सनमा उपलब्ध छ ।

नेपालमा पहिलो पटक सन् २०१५ मा भित्रिएको हुन्डाई क्रेटा एक आकर्षक एसयूभीको रुपमा परिचित छ । एसयूभी बजारमा सर्बाधिक लोकप्रिय मोडल हो हुन्डाई क्रेटा । यो एसयूभी नेपाल भित्रिएदेखि नै नेपाली बजारमा सर्बाधिक बिक्री हुने एसयूभीका रुपमा परिचित छ । स्पोर्टी लुक्स, उच्चतम पावर तथा पर्फमेन्स र अत्याधुनिक फिचर्सका कारण क्रेटाप्रति क्रेजी हुने ग्राहकको संख्या बढिरहेको छ ।

क्रेटालाई गत वर्षको चैतदेखि नेपालमै एसेम्बल गरी बिक्री गर्न थालिएको छ । नेपालमै एसेम्बल हुन थालेपछि यसको मूल्य समेत ९ लाख रुपैयाँसम्मले घटेको थियो । साथै, यसको इलेक्ट्रिक भर्सनले समेत अहिले बजारमा राम्रै चर्चा पाइरहेको छ ।

नेपाली बजारमा हुन्डाई क्रेटा विभिन्न भेरिएन्टमा उत्पादन भइरहेको छ । सन् २०२३ मोडलको मूल्य ५४ लाख ५६ हजार देखि ७६ लाख ९६ हजार रुपैयाँ सम्म छ । त्यसैगरी नयाँ मोडल क्रेटाको मूल्य ५७ लाख ९६ हजार देखि ८७ लाख ९६ हजार रुपैयाँ सम्म छ । मेड इन नेपाल क्रेटाको मूल्य ५४ लाख ८६ हजार देखि ७९ लाख ९६ हजार रुपैयाँ सम्म छ ।

त्यसैगरी, ९९ किलोवाट मोटरमा उपलब्ध क्रेटा इलेक्ट्रिकको मूल्य ५१ लख ९६ हजार देखि ७५ लाख ९६ हजार रुपैयाँ सम्म छ ।

सम्बन्धित समाचारहरू

नाइमाको समन्वयमा लक्ष्मी हुन्डाईले दियो ईभी सम्बन्धी प्राविधिक क्षमता अभिवृद्धि तालिम

नाइमाको समन्वयमा लक्ष्मी हुन्डाईले दियो ईभी सम्बन्धी प्राविधिक क्षमता अभिवृद्धि तालिम

काठमाडौं–लक्ष्मी हुन्डाईद्वारा आयोजित इलेक्ट्रिक सवारी प्रविधि, सुरक्षा...

हुन्डाई भेन्यू अव ‘नाइट एडिसन’मा पनि, यस्ता छन् विशेषता

हुन्डाई भेन्यू अव ‘नाइट एडिसन’मा पनि, यस्ता छन् विशेषता

हुन्डाईले आफ्नो लोकप्रिय एसयूभी भेन्यूलाई नयाँ एडिसनमा उतारेको छ । रेगुलर...

हुन्डाई औरामा थपियो नयाँ फिचर, मूल्य कति ?

हुन्डाई औरामा थपियो नयाँ फिचर, मूल्य कति ?

हुन्डाईले फेस्टिभ सिजनको अवसरमा आफ्नो् कम्प्याक्ट सेडान औरालाई अपडेट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...