टाटाले ल्यायो टिगोर र टियागो ईभीको अपडेट भर्सन
टाटा मोटरले टिगोर र टियागो ईभी अपडेट गरेको छ, जसमा इन्टेरियरको साथै...
काठमाडाैं - नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले अत्याधुनिक र सुविधासम्पन्न १० वटा बस हस्तान्तरण गरेको छ।
रुपन्देहीको पत्थर डाँडामा मंगलबार एक कार्यक्रम गरी सिप्रदीले टाटा एलपीओ १६२२/६२ बीएस६ माग्नाव बस त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई हस्तान्तरण गरेको हो। त्रिशक्ति पशुपति दर्शन यातायात प्रा.लि.पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. र भेरी यातायात प्रा।लि जस्ता दुई ठूला समितिको सहकार्यमा संचालनमा छ।
कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसी सहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्ली सम्मकोअन्तरदेशीय यात्राको लागि संचालनमा आउने छ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरु अझै बढाउने सोच रहेको जानकारी दिए ।
टाटा एलपीओ १६२२/६२ बीएस६ माग्नाा बसमा अत्याधुनिक प्रविधि र बीएस६ मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँछ। विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ। बीएस६ गाडीमा ओबीडी प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ। एससीआर प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ। यी गाडीहरू स्वच्छ, उच्चगुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउने दाबी कम्पनीको छ।
‘अत्याधुनिक माग्नार गाडीहरुले पर्यटकीय विकासमा विशेष टेवा पुर्याउने विश्वास हामीले लिएका छौं। साथै अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देश बीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्नेछ’ सिप्रदीका कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले बताए।
टाटा मोटरले टिगोर र टियागो ईभी अपडेट गरेको छ, जसमा इन्टेरियरको साथै...
आगामी असोज २४ अर्थात फूलपातीको दिन देखि प्रदर्शनमा आउने नयाँ नेपाली...
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले स्कुल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...