३०० विद्युतीय माइक्रो बसले दैनिक २१ लाख बचत गर्दै, कर बढेर मारमा परेको गुनासो
सरकारले सार्वजनिक गरेको बजेटमार्फत ११ वा सो भन्दा बढी सिट क्षमताका...
नेपाली बजारमा निसान लिफ इलेक्ट्रिक कार भित्रिएको केही महिना मात्र भएको छ । गत असार महिनामा यो कार नेपाली बजारमा यसको बुकिङ खुला गरिएको थियो ।
निसान लिफ विश्व प्रसिद्ध इलेक्ट्रिक कार हो । नेपाली बजारमा पायोनियर मोटोकर्पले निसान लिफ बिक्री–वितरण गरिरहेको छ । यसको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
विश्व बजारमा सर्बाधिक बिक्री हुने निसान लिफबारे केही तथ्यहरु यस प्रकार रहेका छन् :
१. विगत १० वर्षयता ५ लाख निसान लिफ उत्पादन भइसकेका छन् । ५औ लाख लिफ नर्वेकी मारिया जेनसेनले खरिद गरेकी थिइन् ।
२ निसान लिफका प्रयोगकर्ताहरुले १० वर्षको अवधिमा करिब १० अर्ब माइलको प्रदूषणविहीन दुरी पार गरेका छन् । यो भनेको विश्वमा ४ लाख ट्रिप गरे बराबर हो ।
३. निसान लिफ प्रयोगकर्ताहरुले यसबाट विश्वमा करिब २५ लाख टन कार्बन डाइअक्साइड उत्सर्जन हुनबाट बचाएका छन् ।
४. इलेक्ट्रिक पावर बाहेक निसान लिफमा प्रो–पाइलट र ई–पेडल टेक्नोलोजी समेत छ, जसले ड्राइभिङलाई थप सहज बनाउँछ ।
५. प्रतिबर्ष एउटा निसान लिफ प्रयोगकर्ताले करिब ११ हजार माइल दुरी पार गर्दा ७४४ किलोवाट आवर शक्ति पुनःउत्पादन गर्छ, जसको सहयोगले एउटा मोबाइल फोनलाई ३७२ वर्ष सम्म चार्ज गर्न सकिन्छ ।
६. निसान लिफमा प्रयोग गरिएको ब्याट्रीको क्षमता पहिलेको तुलनामा दोब्बर भन्दा धेरैले वृद्धि गरिएको छ । शुरुमा २४ किलोवाट आवर भएकोमा हालको ई प्लस मोडलको क्षमता ६२ किलोवाट आवर भन्दा धेरै छ ।
७. निसान लिफ प्रयोगकर्ता मध्ये ९२ प्रतिशत भन्दा धेरैले आफ्नो साथीभाई र परिवारलाई यही गाडी प्रयोग गर्न सिफारिस गरेको पाइएको छ ।
८. अन्तर्राष्ट्रिय बजारमा निसान लिफ कति विश्वसनिय छ भने कम्पनीले यसको ब्याट्रीमा ८ वर्ष वा १ लाख माइल वारेन्टी दिएको छ ।
९. नेदरल्यान्डको आर्मस्टर्डमा सन् २०१८ मा इन्नोभेटिभ इनर्जी स्टोरेज सिस्टम बनाउनका लागि रिसाइकल गरिएका १४८ निसान लिफ ब्याट्री प्रयोग गरिएको थियो ।
१०. सन् २०२३ बाट प्रतिवर्ष १० लाख इलेक्ट्रिक गाडी बिक्री गर्ने लक्ष्यका साथ निसानको अल–इलेक्ट्रिक रेन्ज विकसित गर्नका लागि निसान अरियासँग निसान लिफ जोडिने भएको छ ।
सरकारले सार्वजनिक गरेको बजेटमार्फत ११ वा सो भन्दा बढी सिट क्षमताका...
काठमाडौं – अन्ततः यात्री मोटरसाइकलले नम्बर प्लेट पाएको छ । बाइक निर्माता...
काइनेटिक ग्रिनले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर “काइनेटिक डीएक्स” लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...