आईएमई मोटर्सद्वारा एकै पटक अशोक लेल्यान्डका १० बस हस्तान्तरण

झापा – नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्स प्रालिले अशोक लेल्यान्डका १० वटा बस एकै पटक सगरमाथा यातायात प्रालिलाई बिक्री गरेको छ ।

झापाको बिर्तामोड– २ स्थित चारपानेमा रहेको सहारा अटोमोबाइल्स प्रालिबाट बिक्री गरिएका बसको चाबी सगरमाथा यातायात प्रालिका अध्यक्ष नवीन कोइरालालाई हस्तान्तरण गरिएको हो ।

एक कार्यक्रम बिच आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिक र सहारा अटोमोबाइल्स प्रालिका अध्यक्ष महेन्द्रकुमार गिरीले संयुक्त रुपमा सगरमाथा प्रालिका अध्यक्ष कोइरालालाई चाबी हस्तान्तरण गरेका थिए ।

नयाँ फिचरमा उपलब्ध बस सगरमाथा प्रालिलाई प्रदान गर्दै आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत पुराणिकले पछिल्लो समय धेरै कम्पनीका सवारी उपलब्ध भएपनि अशोक लेल्यान्डका सवारी विश्वासिलो, भरपर्दो र मजबुत रहेका कारण यातायात व्यवसायीको रोजाइमा पर्दै गएको बताए ।

केही समय अघिसम्म झापामा अशोक लेल्यान्डका सबै सवारी मर्मत र सर्भिसिङका लागि पर्याप्त सेवा उपलब्ध नभएको स्मरण गर्दै सहारा अटोमोबाइल्सका अध्यक्ष गिरीले अहिले सहारा अटोमोबाइल्स प्रालिबाट सबै सेवा उपलब्ध हुने भएकाले व्यवसायीले यो कम्पनीका गाडी खरिदमा रुचि देखाएको बताए । उनले अशोक लेल्यान्ड र आईएमईसँग सहकार्य गर्दै भावी दिनमा सहारा साकोसका सदस्यहरूसँग समेत सहकार्य गर्दै सवारी बिक्री गरिने बताए ।

आईएमई मोटर्सका एजीएम सुशील सुवेदीले स्वागत गरेको कार्यक्रममा सगरमाथा यातायात प्रालिका अध्यक्ष कोइराला, प्रबन्ध निर्देशक प्रविण थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शुक्रवहादुुर तामाङद्वारा सञ्चालित कार्यक्रम आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकको प्रमुख आतिथ्यता तथा सहारा अटोमोबाइल्स प्रालिका अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा चालक तथा सह चालकलाई मायाको चिनो स्वरुप कम्पनीको टिसर्ट वितरण गरिएको थियो । साथै कम्पनीबाट खरिद गरिएका तीन वटा ट्रकका चाबी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको थियो ।

कोहिनुर ढुवानी सेवाका हेमराज अधिकारी, हाम्रो ढुवानी सेवाका पदम श्रेष्ठ र पूर्वेली ढुवानी सेवाका लय प्रसाद प्रसाईलाई ट्रकको चाबी हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित समाचारहरू

आईएमई अटोमोटिभ्सले बिक्री गर्ने उपकरण किन्न एभरेष्ट वैंकले ७५ प्रतिशत कर्जा दिने

आईएमई अटोमोटिभ्सले बिक्री गर्ने उपकरण किन्न एभरेष्ट वैंकले ७५ प्रतिशत कर्जा दिने

आईएमई अटोमोटिभ्सले बिक्री गर्ने विभिन्न ब्रान्डका उपकरणमा एभरेष्ट...

नेपाल भित्रियो युरोपियन प्रविधिमा निर्मित ९० हर्स पावरसम्म क्षमताको फर्मा ट्याक्टर

नेपाल भित्रियो युरोपियन प्रविधिमा निर्मित ९० हर्स पावरसम्म क्षमताको फर्मा ट्याक्टर

काठमाडौं – नेपाली बजारमा नयाँ ब्रान्डको ट्याक्टर ‘फर्मा’ सार्वजनिक भएको छ...

आईएमई ग्रुप अटोमोटिभ डिभिजनको सीईओमा अब हेमन्त पुरानिक

आईएमई ग्रुप अटोमोटिभ डिभिजनको सीईओमा अब हेमन्त पुरानिक

काठमाडौं – आईएमई ग्रुप, अटोमोटिभ डिभिजनको सीईओमा हेमन्त पुरानिक नियुक्त...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...