किया क्यारेन्सको उत्पादन सुरु, फेब्रुअरीमा लन्च हुने
किया क्यारेन्सको उत्पादन सुरु भएको छ । कम्पनीले यसको बुकिङ पनि सुरु...
पेट्रेल र डिलेको आकाशिंदो मूल्य बृद्धिसंगै सवारीसाधन संचालन गर्दा लाग्ने खर्च समेत बढिरहेको छ । जसका कारण आफूले प्रयोग गर्ने कारले कति माइलेज दिन्छ भन्ने बिषय अहिले आम सवारीधनीका लागि चासको बिषय बनिरहेको छ । निजी सवारीसाधनको कुरा गर्नुपर्दा पछिल्लो केही बर्षयता ग्राहकको आकर्षण एसयुभी सेग्मेन्टमा बढ्दै गएको प्रष्ट हुन्छ ।
प्राय एसयुभी गाडी खरिद गर्ने ग्राहकले माइलेजमा त्यत्ति ध्यान नदिने भएपनि अहिले पेट्रोल र डिजेलको मूल्य बढिरहेका कारण यस्ता ग्राहकले समेत माइलेजको महत्वलाई बुझ्न बाध्य भएका छन् । यस्तोमा हामीले नेपाली बजारमा कारोबार हुने १० एसयुभीमा दाबी गरिएको माइलेजका बारेमा जानकारी दिने कोशिस गरेका छौ । जसलाई अटोमोटिभि रिसर्च एसोसियसन अफ इन्डिया(एआएआई) ले दाबी गरेको हो ।
सर्बाधिक माइलेज प्रदान गर्ने १० उत्कृष्ट एसयुभीको सूचीमा किया सोनेट अग्र स्थानमा रहेको छ । सोनेट १.५ लिटर टर्बो डिजेल र १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध रहँदै आएको छ । यी एसयुभीले प्रतिलिटर इन्धन खपतमा क्रमश २४ र १८ किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएको छ ।
दोस्रो बढी मोइलेज दिने एसयुभीका रुपमा दर्ज भएको होन्डा डब्लुआरभीको डिजेल इन्जिनले २३.७ र पेट्रोलले १६.५ किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएको छ । यो एसयुभी १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहँदै आएको छ ।
यो सूचीको तेस्रो स्थानमा भने हुन्डाई भेन्यू सामेल भएको छ । भेन्यू १.२ लिटर पेट्रोल, १.५ लिटर डिजेल र १.० लिटर टर्बोचार्जड इन्जिनमा उपलब्ध रहँदै आएको छ । जसको माइलेज क्रमश १७.५२ किलोमिटर, १८.२ किलोमिटर र २३.४ किलोमिटर दाबी गरिएको छ ।
चौथो स्थानमा रहेको टाटा नेक्सनको भने नेपालमा पेट्रोल भेरियन्टमात्र उपलब्ध रहँदै आएको छ । यसको १.२ लिटर इन्जिनले १७ किलोमिटर माइलेज प्रदान गर्ने दाबी छ ।
त्यसैगरी निशान म्याग्नाइटको पेट्रोल भेरियन्टले १८.७५ र टर्बो पेट्रोलले २० किलोमिटर माइलेज दिने दाबी गरिएको छ । म्याग्नाइट १.० लिटर पेट्रोल इन्जिनमा उपलब्ध रहँदै आएको छ । रेनो काइगरको पनि पेट्रोल भेरियन्टमा मात्र उपलब्ध रहँदै आएको छ । १.० लिटर इन्जिन जडित यो एसयुभीले १९.१७ किलोमिटर माइलेज प्रदान गर्ने दाबी छ ।
महिन्द्रा एक्सयुभी ३०० को १.२ लिटर पेट्रोल इन्जिनले १७ किलोमिटर र १.५ डिजेलले २० किलोमिटर माइलेज दिने दाबी गरिएको छ । मारुती सुजुकीको लोकप्रिय एसयुभी भिटरा ब्रेजाको १.५ लिटर पेट्रोल इन्जिनले १७ किलोमिटर माइलेज दिने दाबी छ । हुन्डाई क्रेटाको पेट्रोल इन्जिनले १६.९ र डिजेलले २१.४ किलोमिटर माइलेज दिने दाबी गरिएको छ । क्रेटाको पेट्रोल र डिजेल दुबै भेरियन्टमा १.५ लिटर इन्जिन जडान गरिएको छ ।
किया सेल्टोसको पेट्रोल इन्जिनले १६.८ र डिजेलले २०.८ किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएको छ । सेल्टोसको यी दुबै भेरियन्टमा १.५ लिटर इन्जिन जडान गरिएको छ ।
किया क्यारेन्सको उत्पादन सुरु भएको छ । कम्पनीले यसको बुकिङ पनि सुरु...
काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...
किया कार्निभलको फेसलिफ्टेड संस्करण गत वर्ष विश्वव्यापी रूपमा प्रस्तुत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...