ओला इलेक्ट्रिकले १० महिनामै उत्पादन ग-यो १ लाख इलेक्ट्रिक स्कुटर

ओला इलेक्ट्रिकले डिसेम्बर २०२१ देखि आफ्नो इलेक्ट्रिक स्कुटरको उत्पादन सुरु गरेको थियो । कम्पनीले १० महिनामा १ लाख उत्पादनको आँकडा पार गरेको छ । सन् २०२२ को अक्टोबर महिनामा नै कम्पनीले २० हजार युनिट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ६० प्रतिशत बढी हो ।

ओला इलेक्ट्रिकले आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक एस१ एयर ७९ हजार ९९९ भारुमा लन्च गरेको छ । नयाँ स्कुटर ओला एस१ एयरको बिक्री फेब्रुअरी २०२३ बाट सुरु हुनेछ र यसको डेलिभरी अप्रिल २०२३ बाट सुरु हुनेछ । सो इलेक्ट्रिक स्कुटर मात्र ९९९ भारुमा बुक गर्न सकिन्छ । यसमा २.५ केडब्ल्युएच लिथियम आयोन ब्याट्री जडान गरिएको छ । सो स्कुटरको रेन्ज १०१ किमी प्रति चार्ज भएको कम्पनीले दावी गरेको छ ।

सो स्कुटरमा टर्बोसँगै कम्पनीले ७५० वाटको पोर्टेबल चार्जर उपलब्ध गराउनेछ । यसको मद्दतले ६ घण्टामा ब्याट्री फुल चार्ज गर्न सकिनेछ । ओलाको हाइपर चार्जर स्टेशनले १८ मिनेटमा ५० प्रतिशत ब्याट्री चार्ज गर्न सकिनेछ ।

ओलाले यस स्कुटरमा ७ इन्चको टचस्क्रिन डिस्प्ले दिएको छ, जुन मुभ अपरेटिङ सिस्टमसँग आउँछ । यसमा अक्टा–कोर प्रोसेसर र ३ जीबी ¥याम भएको चिपसेट छ । यसले ४जी, वाइफाइ र ब्लुटुथलाई सपोर्ट गर्छ ।

नेपाली बजारमा समेत ओलाका दुई मोडलका स्कुटर केही समय अघि भित्रिएका छन् ।

सम्बन्धित समाचारहरू

उड्ने कारले पायो अनुमति, पाइलटलाई भने लाइसेन्स अनिवार्य

उड्ने कारले पायो अनुमति, पाइलटलाई भने लाइसेन्स अनिवार्य

स्लोभाकियामा उड्नसक्ने र गुड्नसक्ने गरी निर्माण गरिएको ‘एयर कार’ले उड्ने...

लुयान स्कुटर किन्दा नगद छुट र निशूल्क एक्सेसरीज

लुयान स्कुटर किन्दा नगद छुट र निशूल्क एक्सेसरीज

काठमाडौं– लुयान ब्राण्डको नेपालको लागि आधिकारिक वितरक जीरो इमिसन राइड...

नेपाली बजारमा इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल सार्वजनिक

नेपाली बजारमा इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल सार्वजनिक

काठमाडौँ : सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...