होन्डाले सार्वजनिक ग-यो इन्टेलिजेन्ट कन्ट्रोल सिस्टमले सुसज्जित नयाँ इलेक्ट्रिक कार
होन्डाले चीनको साङ्घाईमा भएको चाइना इन्टरनेसनल इम्पोर्ट एक्सपोमा नयाँ...
भारतमा ओला इलेक्ट्रिकले अगस्ट २०२१ मा एस१ र एस१ प्रो इलेक्ट्रिक स्कुटर लन्च गरेको थियो । उक्त इलेक्ट्रिक स्कुटरले बजारमा राम्रो प्रतिक्रिया पाएको छ । कम्पनीले सन् २०२२ मा करिब १ लाख ५० हजार इलेक्ट्रिक स्कुटर बिक्री गर्न सफल भएको खुलासा गरेको छ ।
एस१ स्कुटरमा ३ केडब्ल्युएच युनिट र एस१ प्रो स्कुटरमा ४ केडब्ल्युएच युनिट ब्याट्री जडान गरिएको छ । जसले क्रमशः फुल चार्जमा १४१ र १८१ किलोमिटरको रेन्ज दिन सक्ने कम्पनीको दाबी छ । सो दुबै इलेक्ट्रिक स्कुटरको मूल्य ९९ हजार ९९९ भारु छ ।
ओलाले भविष्यमा इलेक्ट्रिक कार पनि लन्च गर्न सक्ने घोषणा गरेको छ । यसको लागि कम्पनीले तयारी गरिरहेको र आगामी वर्षहरूमा नयाँ उत्पादनहरू पनि लन्च गर्ने योजना बनाएको छ ।
ओलाले सन् २०२३ र २०२४ मा मास–मार्केट स्कुटर, मास–मार्केट बाइक र प्रिमियम बाइकहरु जस्तै स्पोर्ट्स, क्रुजर, एडीभी र रोड बाइक पनि लन्च गर्नेछ । कम्पनीले सो ईभीलाई विश्व बजारमा पनि निर्यात गर्नेछ ।
कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक कार सन् २०२४ मा लन्च गर्नेछ र सन् २०२७ सम्ममा ६ विभिन्न उत्पादन बजारमा ल्याउने लक्ष्य रहेको जानकारी दिएको छ ।
नेपाली बजारमा पनि हालै दुई मोडलका ओलाका इलेक्ट्रिक स्कुटर बिक्रीका लागि उपलब्ध भएका छन् ।
होन्डाले चीनको साङ्घाईमा भएको चाइना इन्टरनेसनल इम्पोर्ट एक्सपोमा नयाँ...
काठमाडौं – नेपाली बजारमा फायरप्रुफ ब्याट्रीयुक्त इलेक्ट्रिक स्कुटर...
अमेरिकी ईभी निर्माता टेस्लाले आफ्ना सीईओ एलोन मस्कले वाशिंगटन डीसीमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...