जिपको नयाँ कम्पासमा बढ्यो आकर्षण, स्पोर्ट र एस– मोडल खरिद गर्न डेढ महिनासम्म कुर्नुपर्ने

अमेरिकन आइकनिक ब्रान्ड जिपको नयाँ कम्पासले अहिले नेपाली एसयूभी पारखीलाई आकर्षित गर्न थालेको छ । मिड साइज एसयूभी नयाँ कम्पास जिप ब्रान्डको प्रतिष्ठित लिगेसीका साथै आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, आरामदायी तथा सुबिधासम्पन्न फिचर्स र मनमोहक इन्टेरियरका कारण लोकप्रिय बन्दै गएको हो ।

महंगो र प्रिमियम ब्रान्डका रुपमा परिचित जिप ब्रान्डका सवारीसाधनलाई आफ्नो ड्रिम कारका रुपमा लिने ग्राहकहरु विश्वभर बढिरहेका छन् । जसको प्रभाव नेपाली अटो पारखीहरुमा समेत देखा पर्न थालेपछि यो ब्रान्डतर्फको आकर्षण थप बढ्न थालेको हो ।

नेपाली बजारमा यसै बर्षको असार अन्तिमतिर सार्वजनिक भएको नयाँ कम्पास अहिले प्रिमियम एसयूभी सेग्मेन्टमा सर्बाधिक बिक्री हुने साधनका रुपमा स्थापित भैसकेको छ । पुरानो मोडललाई अपग्रेड गरेर ल्याइएको यो एसयूभीको इन्टेरियरमा कम्पनीले निकै नै बढी सुधार गरेको छ ।
जसका कारण यो नयाँ मोडलले अहिले एसयूभी पारखीलाई आकर्षित गरिरहेको छ । नयाँ मोडल भित्रिएको ३ महिना अवधिमा १ सय थान हाराहारी बिक्री भएको नयाँ कम्पासको बिक्री पछिल्लो समय महिनाकै ४ दर्जन हाराहारी पुगेको आधिकारिक बितरक एमएडब्लु लाइफ स्रोतले बताएको छ । असोज महिनामा यो एसयूभी ४ दर्जन हाराहारीमा बिक्री भएको उक्त स्रोतले बताएको हो ।

नयाँ एसयूभी स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडल एस गरी चार ट्रिम र आठ भेरिएन्टमा उपलब्ध रहँदै आएपनि हाल स्पोर्ट र मोडल एसको भने अभाव देखिएको छ । भारतमै उत्पादन कम भएका कारण यी एसयूभी माग बमोजिम नेपालमा आपूर्ति हुन नसकेका कारण अभाब भएका हुन् । यी एसयूभी हात पार्न ग्राहकले बुकिङ लिएर कम्तिमा पनि डेढ महिनासम्म कुर्नुपर्ने कम्पनी स्रोतले बताएको छ । अन्य दुई मोडल लंगिच्युड र लिमिटेड भने ग्राहकले चाहेकै समयमा हात पार्न सक्ने अवस्थामा रहेको बताइएको छ ।

यस्तो छ नयाँ कम्पासको पावर, पर्फमेन्स, फिचर्स र मूल्य
१.४ र २.० लिटर पावरट्रेनमा उपलब्ध यसको १.४ लिटरको मल्टिएयर टर्बो इन्जिनले अधिकतम १६० एचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । यो ६ स्पिड म्यानुअल ट्रान्समिसन र ७ स्पिड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध छ । त्यसैगरी २.० लिटर मल्टिजेट टु इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । यो भने ६ स्पिड म्यानुअल ट्रान्समिसन र ९ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहँदै आएको छ । फोर ह्विल ड्राइभ डिजेल भेरिएन्टमा उपलब्ध रहेको छ, जसमा अटो, स्नो, स्यान्ड र मड गरी चार वटा मोड उपलब्ध गराइएको छ ।

नयाँ कम्पासमा इन्टिग्रेटेड डीआरएलसहितको रिभाइज्ड हेडलाइट, नयाँ फगलाइट हाउजिङ, ठूलो एअरड्याम भएको नयाँ डिजाइनको फ्रन्ट बम्पर र नयाँ अलोय ह्विल रहेका छन् । यसमा पहिले झैं जिपको आकर्षक सेभेन स्लट ग्रिल र ट्रापेजोइडल ह्विल आर्क दिइएको छ ।

यो एसयूभीमा रिभेम्प गरिएको ड्यासबोर्ड, नयाँ एसी भेन्ट, एचभीएसी कन्ट्रोल र बीचमा नयाँ १०.१ इन्चको टचस्क्रिन रहेको छ । त्यसैगरी, यसमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, डबल–स्टिच लेदर इन्सर्ट र नयाँ थ्री स्पोक स्टेयरिङ ह्विल रहेको छ ।

त्यसैगरी यो नयाँ एसयूभीमा एफसीएले निर्माण गरेको पाँचौं पुस्ताको युकनेक्ट इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो समेत रहको छ । नयाँ फिचरमा ड्युअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर टेलगेट, ३६० डिग्री क्यामेरा, भेन्टिलेसन फिचर सहितको ८ वे इलेक्ट्रिकल्ली एड्जस्टेबल फ्रन्ट सिट रहेको छ ।

सुरक्षाका लागि नयाँ कम्पासमा फ्रिक्वेन्सी ड्याम्पिन सस्पेन्सन, ६ एयरब्याग, एन्टिरोल मिटिगेसन, ट्रयाक्सन कन्ट्रोल, इएससी, हिल स्टार्ट असिस्ट, इबीडीसहितको एबीएस, रेन ब्रेक असिस्ट, पार्किङ सेन्सर र आइसोफिक्स चाइल्ड सिट माउन्ट लगायत ५० भन्दा बढी सुरक्षाको व्यवस्था रहेको छ ।

नेपाली बजारमा यसको स्पोर्ट मोडलको मूल्य ८४ लाख ९० हजारबाट शुरुवात गरिएको छ । त्यसैगरी लंगिच्युडको मूल्य ९९ लाख ९० हजार, लिमिटेडको १ करोड ९ लाख ९० हजार र मोडल एसको १ करोड ३६ लाख ९० हजारदेखि सुरुवात गरिएको छ ।

सम्बन्धित समाचारहरू

कुशाक र टाइगुनले नयाँ नियम अनुसारको क्रयास टेस्टमा पाए फाइभ सेफ्टी स्टार रेटिङ

कुशाक र टाइगुनले नयाँ नियम अनुसारको क्रयास टेस्टमा पाए फाइभ सेफ्टी स्टार रेटिङ

स्कोडा कुशाक र फक्सवागन टाइगन दुबै मिड साइज एसयूभी हुन् । दुबै मोडलको...

स्कोडा कुशाकको २०२३ मोडल नेपाल आउँदै, शुरुवाती मूल्य ४९ लाख ९० हजारमा खुल्यो वुकिङ

स्कोडा कुशाकको २०२३ मोडल नेपाल आउँदै, शुरुवाती मूल्य ४९ लाख ९० हजारमा खुल्यो वुकिङ

स्कोडा कुशाकको २०२३ मोडल नेपाल आउने भएको छ । नेपालका लागी आधिकारिक...

फच्र्युनरसँग प्रतिस्पर्धा गर्न जिपको नयाँ एसयूभी मार्च २९ मा लन्च हुने

फच्र्युनरसँग प्रतिस्पर्धा गर्न जिपको नयाँ एसयूभी मार्च २९ मा लन्च हुने

जिपको नयाँ थ्री रो एसयूभी जिप मेरिडियन मार्च २९ मा ग्लोबल लन्च हुने भएको छ,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...