भन्सार नाकामा आईपुग्यो जीकर एक्स, अटो शोमा लन्च हुने

काठमाडौं–नेपाली बजारका लागि वहुप्रतिक्षित विद्युतिय एसयूभी जीकर एक्स भन्सार नाकामा आइपुगेको छ । भदौ ११ देखी सुरु हुने नाडा अटो शोमा सोकेस गर्न सो एसयूभी नेपाल ल्याइएको हो । जीकर एक्स भन्सार नाकासम्म आईपुगेको र अवको केहि दिनमै काठमाडौं भित्रिने नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प स्रोतले बताएको छ ।

कम्पनीले यसको रियर ह्विलर र अल ह्विल ड्राईभ भेरिएन्ट नेपाल ल्याउने जानकारी दिँदै मूल्य यसअघि नै सार्बजनिक गरिसकेको छ । जसअनुसार, यो नयाँ प्रिमियम ईभीको मूल्य क्रमशः ९० लाख र १ करोड ६० लाख पर्ने जनाइएको छ ।

चिनियाँ अटो निर्माता जिली अन्तर्गतको प्रिमिमय ईभी ब्रान्ड जिकरले आफ्नो एक्स मोडको सिंगल मोटर भेरिएन्टमा रियर–ह्विल–ड्राइभ तथा डुअल मोटरमा अल– ह्विल–ड्राइभ सिस्टम दिएको छ ।

सो नयाँ कम्प्याक्ट एसयुभीमा जीकरले ६६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेको छ, जसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । साथै यसको रियर ह्विल ड्राइभमा २०० किलोवाट तथा अल ह्विल ड्राइमा ३१५ किलोवाट क्षमताको मोटर राखिएको छ ।

सिंगल मोटर भेरिएन्टले २०० किलोवाट पिक पावर तथा ३४३ एनएम टर्क र डुअल मोटर भेरिएन्टले ३१५ किलोवाट पिक पावर र ५४३ एनएम टर्क जेनेरेट गर्दछ । स्टार्ट गरेको ३.८ सेकेन्डमै यसले सून्यदेखी १०० किलोमिटर सम्मको गति लिन सक्छ ।

जिकर एक्समा ५ वटा क्यामेरा, ५ मिलिमिटर वेभ राडर र १२ वटा अल्ट्रा सोनिक सेन्सर समेत जडान गरिएको छ । यो कारमा १४.६ इन्चको सेन्ट्रल स्लाइडिङ इन्फोटेन्मेन्ट स्क्रिन, २४।३ इन्चको हेड–अप–डिस्प्ले तथा ८.८ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल राखिएको छ ।

जीलीको सस्टेनेवल इलेक्ट्रिक आर्किटेक्चरमा तयार पारिएको यो एसयूभीको लम्बाई ४४५० एमएम, चौडाई १८३६ एमएम र उचाई १५७२ एमएम छ भने ह्विलवेश २७५० एमएम लामो छ ।

सम्बन्धित समाचारहरू

विद्युतिय र पेट्रोलियम दुई पाङ्ग्रे दुबैको आयात बढ्यो, गत वर्ष कति भित्रिए यी साधन ?

विद्युतिय र पेट्रोलियम दुई पाङ्ग्रे दुबैको आयात बढ्यो, गत वर्ष कति भित्रिए यी साधन ?

काठमाडौं– गत आर्थिक वर्ष २०८०/८१ मा दुई पाङ्ग्रे सवारीको आयात बढेको छ । गत...

फिलिपिन्स पुग्यो सेरेस ईभी

फिलिपिन्स पुग्यो सेरेस ईभी

फिलिपिन्समा इलेक्ट्रिक भेइकलको नयाँ ब्रान्ड सेरेस पहिलो पटक प्रवेश गरेको...

सेरेस ग्रुपको सुपर फ्याक्ट्रीमा सीएटीएलको ब्याट्री प्रोडक्सन लाइन

सेरेस ग्रुपको सुपर फ्याक्ट्रीमा सीएटीएलको ब्याट्री प्रोडक्सन लाइन

ईभी ब्याट्री निर्माता कम्पनीको रुपमा लोकप्रिय कम्पनी सीएटीएल अर्थात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...