जीहो एई८ अव ४ लाख ४९ हजार ९०० मा, बम्परमा एक जनालाई बाली भ्रमणको अवसर

काठमाडौं– सिएफमोटो र जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले आफ्नो प्रिमियम टु–ह्विलर ईभी जीहो गरिद गर्ने ग्राहकका लागि फेस्टिभ अफर ल्याएको छ ।

उक्त अफरअन्तर्गत कम्पनीले जिहो एई८ मोडलको नगद खरिदमा ५० हजार नगद छुट दिने जनाएको छ । ४ लाख ९९ हजार ९०० रुपैयाँ पर्ने सो स्कुटरलाई सिमित अवधीका लागि ४ लाख ४९ हजार ९०० रुपैयाँमा बिक्री गरिने कम्पनीको भनाई छ । साथै बम्पर उपहारमा एकजना भाग्यशाली बिजेतालाई बाली भ्रमणको अवसर समेत प्रदान गरिनेछ ।

प्रिमियम ईभी ब्रान्डका रुपमा परिचित जीहो स्कुटरमा मोडल अनुसार फरकफरक विशेषता रहेका छन् । जसअन्तर्गत एई८ मा ६९ भोल्ट ३२ एम्पियर आवरको ब्लेड कम्प्याक्ट डुअल ब्याट्री र १२.५ किलोवाट क्षमताको लिक्विड कुल्ड मोटर जडान गरिएको छ ।

४ घन्टामा फुल चार्ज गर्न सकिने यस स्कुटले १६० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । स्कुटरलाई १०० किलोमिटर भन्दा बढि प्रति घन्टाको स्पिडमा हाँक्न सकिन्छ ।

जीहो ब्रान्डका स्कुटरको बिक्री र बिक्री पछिको सेवालाई सहज बनाउन ऋषि ट्रेड सेन्टरले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शोरुम र सर्भिस सेन्टर विस्तार गरेको छ । कम्पनीले हाल, नक्साल, झम्सिखेल र सल्लाघारीमा शोरुम सञ्चलान गरिरहेको छ भने कालोपुल र सल्लाघारीमा सर्भिस सेन्टर स्थापना गरेको छ ।

सम्बन्धित समाचारहरू

एक्सयूभी ४०० ईभी हात पार्न भारतमा ४ महिनासम्म कुर्नुपर्ने, कहिले आउला नेपाल ?

एक्सयूभी ४०० ईभी हात पार्न भारतमा ४ महिनासम्म कुर्नुपर्ने, कहिले आउला नेपाल ?

महिन्द्राले यसै वर्षको सूरुवातमा लन्च गरेको पहिलो इलेक्ट्रिक कार...

पोखरामा १० प्राेटाेन इमास ७ को सामूहिक हस्तान्तरण

पोखरामा १० प्राेटाेन इमास ७ को सामूहिक हस्तान्तरण

पोखरा – नेपालमा प्रोटोन मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले...

टाटाको नेक्सन ईभी म्याक्स अब वीरगन्जमा

टाटाको नेक्सन ईभी म्याक्स अब वीरगन्जमा

काठमाडौं – टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...