तपाईको सवारी साधनको कर कति ? नयाँ आर्थिक वर्षमा बागमतीमा यस्तो छ करको दर

काठमाडौं – नयाँ आर्थिक वर्ष शुरु भएसँगै आफ्नो सवारी साधनको कर तिर्नु आवश्यक हुन्छ । सरकारले प्रत्येक आर्थिक वर्षको लागि विभिन्न करका दर निर्धारण गरेको हुन्छ ।

बागमती प्रदेश सरकारले यो वर्ष पनि सवारी साधनको करमा भएको पुरानै दरलाई निरन्तरता दिएको छ । यस अनुसार बागमती अञ्चलमा दर्ता भएका सवारी साधनले पहिलेकै दर अनुसारको कर तिर्नु पर्नेछ ।

बागमती अञ्चलमा मोटरसाइकल वा स्कुटरका लागि १२५ सीसी सम्म भए ३ हजार रुपैयाँ वार्षिक कर तिर्नु पर्छ । त्यसैगरी १२६ देखि १५० सीसी सम्म ५ हजार, १५१ देखि २२५ सीसी सम्म ६ हजार ५ सय र २२६ देखि ४०० सीसी सम्मकाले ११ हजार कर तिर्नु पर्छ ।

त्यसैगरी ४०१ सीसी देखि ६५० सीसी सम्म २० हजार र ६५१ सीसी भन्दा माथिका मोटरसाइकल वा स्कुटरले ३० हजार कर तिर्नु पर्छ ।

चारपांग्रे सवारी साधनको लागि पनि त्यही अनुसारको दर निर्धारण गरिएको छ । कार, जिप र भ्यानका लागि १००० सीसी सम्मकाले २२ हजार, १००१ देखि १५०० सीसी सम्मका कारले २५ हजार रुपैयाँ कर तिर्नु पर्छ । त्यसैगरी १५०१ देखि २००० सीसी सम्मका कारले २७ हजार, २००१ देखि २५०० सीसी सम्मका कारले ३७ हजार र २५०१ देखि ३००० सीसी सम्मका कारले ५० हजार कर तिर्नु पर्छ ।

त्यसैगरी ३००१ देखि ३५०० सीसी सम्मकाले ६० हजार र ३५०१ सीसी भन्दा माथिका सवारी साधनले ६५ हजार रुपैयाँ वार्षिक कर तिर्नु पर्छ ।

त्यसैगरी विद्युतीय सवारी साधनका लागि फरक प्रकारको करको दर तोकिएको छ । विद्युतीय मोटरसाइकल वा स्कुटर मध्ये ३५० वाट देखि १००० वाट सम्म २ हजार, १००० भन्दा माथि १५०० वाट सम्म २५०० र १५०० वाट भन्दा माथिका सबैले ३ हजार रुपैयाँ कर तिर्नु पर्छ ।

त्यसैगरी विद्युतीय कार, जिप, भ्यान, माइक्रोबस र बस मध्ये १० किलोवाट भन्दा माथि ५० किलोवाट सम्म ५ हजार, ५० किलोवाट भन्दा माथि १२५ किलोवाट सम्म १५ हजार, १२५ किलोवाट भन्दा माथि २०० किलोवाट सम्म २० हजार र २०० किलोवाट भन्दा माथि सबैले ३० हजार रुपैयाँ तिर्नु पर्छ ।

विद्युतीय सवारीको करमा हाल २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।

(स्मार्ट सर्भिस इनको सहकार्यमा तयार पारिएको ।)

सम्बन्धित समाचारहरू

सहारा एपका यात्रु र चालकलाई ५ लाखको बीमा सुबिधा

सहारा एपका यात्रु र चालकलाई ५ लाखको बीमा सुबिधा

काठमाडौं – राइड शेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा...

काठमाडौं महानगरमा आए थप तीन दमकल

काठमाडौं महानगरमा आए थप तीन दमकल

काठमाडौं महानगरपालिकाले थप ३ वटा दमकल खरिद गरेको छ। सामाजिक सञ्जालमा...

सडकको अवस्था जानकारी लिन क्युआर कोड स्क्यान गर्न सकिने, नेपाल प्रहरीले ल्यायो यस्तो सुविधा

सडकको अवस्था जानकारी लिन क्युआर कोड स्क्यान गर्न सकिने, नेपाल प्रहरीले ल्यायो यस्तो सुविधा

काठमाडौं – अविरल वर्षाका कारण देशभरको अवस्था अस्तव्यस्त बनेको छ । यसका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...