बाढीपीडित बालबालिका र ज्येष्ठ नागरिकलाई भेटेर यामाहा राइडरले दिए राहत र हौसला

काठमाडौं–रसुवा जिल्लामा अचानक आएको बिनाशकारी बाढीका कारण हजारौँ परिवार घरबारविहीन र आधारभूत आवश्यकताबाट वञ्चित बनेका बेला यामाहाको आधिकारिक राइडिङ कम्युनिटी ‘ब्लू स्ट्रीक्स’ ले आफ्नो राइडिङप्रतिको उत्साहलाई मानवीय सेवामा बदलेको छ ।

असहज र अनिश्चित पुनःस्थापनाको अवस्थामा पुगेका रसुवा र नुवाकोटका बाढीपीडित परिवारलाई तत्काल सहायता पु¥याउने उद्देश्यले ब्लू स्ट्रीक्सका राइडरहरूले आपसमा ९३ हजार सहयोग रकम सङ्कलन गरेका थिए ।

कम्युनिटीले पूर्ण पारदर्शिता कायम राख्दै नगद तथा अनलाइनमार्फत प्राप्त सहयोग रकम र दाताहरूको सूची सार्वजनिक गरी उक्त रकमबाट चामल, दाल, मिनरल वाटर तथा स्यानिटरी प्याडलगायतका अत्यावश्यक सामग्रीहरू खरिद गरेको थियो ।

भारी वर्षाको प्रवाह नगरी समूहका सदस्यहरूले राहत सामग्रीसहित मोटरसाइकल र्याली र एउटा गाडीको सहयोगमा नुवाकोटस्थित श्री सुन्दरी केउरिनी माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी होल्डिङ सेन्टरमा पुगेर सामग्री हस्तान्तरण गरेका छन् ।

राइडरहरूले बाढीपीडित, विशेष गरी ज्येष्ठ नागरिक र बालबालिकासँग प्रत्यक्ष भेट गरी राहतका साथै भावनात्मक हौसला प्रदान गरेका थिए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...