बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – केही दिन पहिले यामाहा रे जेडआर १२५ एफआई सार्वजनिक हुँदा प्रत्यक्ष रुपमा हेर्ने एक जना भाग्यशाली बनेका रोशन कुमार श्रेष्ठले सोही स्कुटर पाएका छन् ।
काभ्रे खोपासीको श्रेष्ठले करिव ५० हजार सहभागी मध्येबाट सो पुरस्कार प्राप्त गरेका थिए । सामाजिक सञ्जालमा लाइभ कार्यक्रममार्फत सार्वजनिक गरिएको कार्यक्रममार्फत उनले सो पुरस्कार पाएका थिए ।
श्रेष्ठ अटो नेपाल मासिकका प्रकाशक समेत हुन् ।
यसका लागि यामाहा नेपालको लिंकमा गएर आफ्नो नाम रजिष्टर गर्नुपर्ने थियो । यामाहाले नेपालमै पहिलोपटक भर्चुअल प्रविधिमार्फत सार्वजनिक गरेको दाबी गरेको हो । नयाँ रे जेडआर १२५ एफआईको लन्च यामाहा नेपालको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । यो कार्यक्रम १ लाखभन्दा बढीले हेरेको कम्पनीको दाबी छ ।
कार्यक्रममा रे जेडआर १२५ एफआई सार्वजनिक गर्नुका साथै यसलाई प्रत्यक्ष रूपमा हेर्ने एकजना भाग्यशाली विजेताको नामसमेत घोषणा गरिएको थियो । यसबाट काभ्रे खोपासीका रोशनकुमार श्रेष्ठले सो स्कुटर प्राप्त गरेका थिए । करिब ५० हजारजनाले लाइभ गर्न यामाहा नेपालको वेबसाइटमा आफ्नो नाम दर्ता गराएको कम्पनीले जनाएको छ ।
यामाहा रे जेडआर १२५ एफआईले ७.५९ सेकेन्डमा ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ । साथै, यसको माइलेज पनि सबैभन्दा बढी ५८ किलोमिटर प्रतिलिटर रहेको छ । अन्य फिचरहरू पनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट बनाइएको छ ।
यसमा १२५ सीसीको बीएस ६ मापदण्डयुक्त यामाहाको प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन रहेको जनाइएको छ । यसमा अंग्रेजी अक्षर ‘वाई’ आकारको एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्ट–अपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता आधुनिक र सुविधाजनक फिचर रहेको कम्पनीले जनाएको छ ।
यसको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...