यामाहा नेपालको नयाँ ईएमआई अफर – ४० प्रतिशत अग्रिम बुझाउदा यसरी तिरौ मासिक किस्ता

काठमाडौँ— नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, यामाहा नेपालले बहु–सुविधासहितको नयाँ ईएमआई अफर बजारमा ल्याएको छ । देशमा व्याप्त आर्थिक मन्दीको असरलाई ध्यानमा राखी, सेवाग्राहीहरूलाई सहुलियतपूर्ण ईएमआईमा यामाहाको कुनै पनि बाइक÷स्कुटर उपलब्ध गराउने उद्देश्यका साथ गत शुक्रबारबाट सो फाइनान्सिङ योजना सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार, उक्त योजनाअन्तर्गत यामाहाको कुनै पनि बाइक/स्कुटर लिन चाहने सेवाग्राहीहरूले अब मात्र ४० प्रतिशत अग्रिम भुक्तानी गरी १८ महिने, २४ महिने र ३० महिनेसम्मको अधिक फाइनान्सिङ सुबिधाहरूको लाभ लिन सक्नेछन् ।

यामाहाको बाइक÷स्कुटर खरिद गर्दा ग्राहकहरूले विभिन्न ‘प्राइस रेन्ज’ अन्तर्गत विभिन्न प्रकारका ईएमआई अफरहरू प्राप्त गर्न सक्नेछन् ।

यस योजनाअन्तर्गत रु. ३,२३,९००/– पर्ने एफजेड १६ एफआईको खरिदमा ४०% अग्रिम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः रु ११,३१६/–, रु. ८,७८९/– र रु. ७,३४७/– को ईएमआई भुक्तान गर्नु पर्नेछ । रु.३,४७,९००/– पर्ने एफजेड एक्स एफआई डबल डिस्कको खरिदमा ४०% अग्रिम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः रु. १२,१५४/–, रु.९,४४०/– र ७,८९२/– को ईएमआई भुक्तान गर्नु पर्नेछ ।

यसैगरी, रु. ३,९४,९००/– पर्ने एफजेड एक्स भी०३ एक्स– कनेक्टको खरिदमा ४०% अग्रिम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः रु १३, ७९१/–, रु. १०,७१५/– र रु. ८,९५८/– को ईएमआई भुक्तान गर्नु पर्नेछ । र, रु. ४,३५, ९००/– पर्ने एफजेड एक्सको खरिदमा ४०% अग्रिम भुक्तानी गर्दा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः रु. १५,२२९/–, रु. ११,८२८/– र रु. ९,८८८/– को ईएमआई भुक्तान गर्नु पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, एमटी १५ बि एण्ड बि, आर १५ भि ३, र आर १५ एम मोडलको बाइक खरिद गर्ने चाहनेहरूले भने ५० % अग्रिम भुक्तानी गर्नु पर्नेछ । एमटी १५ बि एण्ड बि मोडलको खरिदमा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः रु.१४,०८८/–, रु. १०,९४२ र रु. ९,१४७ को ईएमआई भुक्तान गर्नु पर्नेछ । आर १५ भि ३ मोडलको खरिदमा रु.१५,२८२/–, रु. ११, ८६९, र रु. ९,९२२ को ईएमआई भुक्तान गर्नु पर्नेछ । र, आर १५ एमको खरिदमा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः रु. १७,११६/–, रु. १३,२९३/– र रु. ११,११३/–को ईएमआई भुक्तान गर्नु पर्नेछ ।

यसैगरी, रे जेडआर ड्रम १२५, रेजेड ११३ र रे जेडआर स्ट्रीट र्याली १२५ एक्स कनेक्ट मोडलका स्कुटरहरू खरिद गर्न चाहनेहरूले ४०% अग्रिम भुक्तानीमै लिन सक्ने कम्पनीले जनाएको छ ।

रे जेडआर ड्रम १२५ मोडलको खरिदमा १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः रु. ९,१५०/–, रु. ७,१०६/– र रु.५,९४१/– को ईएमआई भर्नु पर्नेछ । रेजेड ११३ मोडलको स्कुटरको खरिदमा क्रमशः रु. ७,६८२/–, रु. ५,९६७/– र रु.४,९८८/– को ईएमआई भर्नु पर्नेछ ।

त्यसैगरी, रे जेडआर स्ट्रीट र्याली १२५ एक्स कनेक्ट मोडलको स्कुटर खरिद गर्न चाहनेहरूले १८ महिने, २४ महिने र ३० महिने योजना गरी प्रतिमहिना क्रमशः रु. १०,१२८/–, रु. ७,८६६, र रु ६,५७६/– को ईएमआई भर्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

‘यामाहा ब्लू क्याम्प’को घोषणा, के–के छन् आकर्षण ?

‘यामाहा ब्लू क्याम्प’को घोषणा, के–के छन् आकर्षण ?

काठमाडौं– एमएडब्लू राइड्स प्रालिअन्तर्गतको यामाहा नेपालले आफ्ना...

एफआई प्रविधीका २ लाख बढी यामाहा वाइक नेपाली सडकमा

एफआई प्रविधीका २ लाख बढी यामाहा वाइक नेपाली सडकमा

नेपालमा यामाहाको फ्युल इन्जेक्सन(एफआई) प्रविधी जडित मोटरसाइकल तथा...

नयाँ वर्षको अवसरमा देशभरका सोरुममा यामाहा एक्सचेन्ज एन्ड अपग्रेड गरिने

नयाँ वर्षको अवसरमा देशभरका सोरुममा यामाहा एक्सचेन्ज एन्ड अपग्रेड गरिने

काठमाडौं – यामाहाले देशभरका शोरुममा एकसाथ एक्सचेन्ज मेला आयोजना गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...