पुरानो बाइक वा स्कुटरसँग बीएस६ र एफआई प्रविधिको यामाहा स्कुटर साट्न सकिने

काठमाडौं – तपाईसँग पुरानो बाइक वा स्कुटर छ र नयाँ बीएस६ मोडलको यामाहा स्कुटर चढ्न चाहनु हुन्छ भने यामाहाले विशेष अफर ल्याएको छ ।

यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले यसरी एफआई इन्जिन सहितका बीएस६ मोडल स्कुटर साट्न सकिने अफर ल्याएको छ । सो अफर नेपालभर रहेका यामाहाका सोरुममा उपलब्ध हुने र आगामी मंसिर ३० सम्म लागू हुनेछ ।

सो यामाहा एक्सचेन्ज एन्ड अपग्रेड अफर अन्तर्गत कम्पनीले कार्बुरेटर छोडौ, एफआई चढौ भन्ने अभियान नै चलाएको छ । यामाहाका बाइक एफआई इन्जिनका लागि प्रसिद्ध छन् । यामाहाले पछिल्लो पटक एफआई प्रविधियुक्त रे जेडआर १२५ स्कुटर भित्र्याएको छ ।

यामाहाको रे जेडआर १२५ र फेसिनो १२५ स्कुटर यसरी किन्न सकिने छ । यी दुई स्कुटरका लागि शुरुमा डाउन पेमेन्ट ४९ हजार ९ सय रुपैयाँ मात्र बुझाएर लिन सकिने छ । डाउन पेमेन्ट बाहेक ग्राहकले इन्स्योरेन्स वा अन्य कुनै रकम तिर्नु पर्ने छैन ।

शुरुमा त्यति रकम बुझाए पछि मासिक रुपमा किस्ताको रुपमा रकम बुझाउन सकिने छ र सो रकम बढीमा ३० महिना सम्म तिर्न सकिने छ । यसरी तिर्दा मासिक रुपमा कम्तीमा ८ हजार ५ सय रुपैयाँ बुझाउनु पर्छ ।

यामाहाले एफआई टेक्नोलोजीको लिडरको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको छ । यी दुवै स्कुटर एफआई टेक्नोलोजीयुक्त स्कुटर भएकाले विशेष आकर्षक समेत छन् । यी नेपाली बजारमा भएका बीएस६ इन्जिनयुक्त स्कुटर समेत हुन् ।

यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट -यालीको मूल्य २ लाख ५४ हजार ९ सय, ड्रम ब्रेकयुक्त रे जेडआर १२५ एफआईको मूल्य २ लाख २९ हजार ९ सय, डिस्क ब्रेकयुक्त रे जेडआर १२५ एफआईको मूल्य २ लाख ४४ हजार ९ सय र फेसिनो १२५ एफआईको मूल्य २ लाख ४९ हजार ९ सय रुपैयाँ छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...