यस्तो छ यामाहाको नयाँ स्कुटर रे जेडआर १२५ हाइब्रिडका विभिन्न भेरिएन्ट र तिनको मूल्य
काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...
काठमाडौं – ब्लु स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिङ इभेन्टको सफलतापछि यामाहाले आफ्नो वितरक एमएडब्लू राइड्स मार्फत् नेपालभरका आफ्ना च्याप्टर लिडरहरूका लागि आधारभूत रोड मार्शल तालिम सम्पन्न गरेको छ । यामाहा ब्लू स्ट्रिक्सका लिडरहरूलाई सुरक्षित र व्यवस्थित टुरिङ र सामूहिक सवारीको नेतृत्व गर्न आवश्यक सीपहरू प्रदान गर्ने महत्त्वपूर्ण कदमको रूपमा तालिम सम्पन्न गरिएको हो ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को तालिम तथा मार्शल आयोगद्वारा सञ्चालित उक्त तालिम सडक सुरक्षा, सामूहिक सवारी व्यवस्थापन र प्रभावकारी सञ्चारका आधारभूत कुरामा केन्द्रित रहेको थियो । यामाहाको राइडर समुदायमा जिम्मेवारी र सुरक्षाको संस्कृतिलाई बढावा दिँदै सहज र सुरक्षित सवारी सुनिश्चित गर्न व्यावहारिक अन्तर्दृष्टि समेत प्रदान गर्नु उक्त कार्यक्रमको उद्देश्य रहेको थियो ।
कार्यक्रममा सुर्खेत, इटहरी, काठमाडौं (पेप्सीकोला, महाराजगञ्ज, कलङ्की), भक्तपुर, सिन्धुली, पोखरा लगायत क्षेत्रका यामाहा ब्लु स्ट्रिक्सका लिडरहरुको सहभागिता रहेको थियो ।
एमएडब्लू राइड्सका कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले यस पहलको बारेमा आफ्नो विचार व्यक्त गर्दै भने,‘नेतृत्व भनेको मार्गदर्शन मात्र होइन, यो जिम्मेवारी पनि हो । हाम्रा ब्लु स्ट्रिक्स लिडरहरूलाई ज्ञान र सीपहरूद्वारा सशक्त बनाउने यामाहाको प्रतिबद्धता अनुरुप यो तालिम संचालन गरिएको हो । वहाँहरूले आत्मविश्वासका साथ र सुरक्षित रूपमा सवारीको नेतृत्व गर्न आवश्यक छ । हामी एक यस्तो संस्कृति सिर्जना गर्दैछौं जहाँ सवारीको लागि जुनून र उच्चतम सुरक्षा मापदण्ड सँगसँगै हुन्छ ।’
ब्लू स्ट्रीक्स यामाहा नेपाल अन्तर्गतको एक राइडर कम्युनिटी पहल हो, जसको उद्देश्य यामाहा राइडरबीच सार्थक सम्बन्ध सिर्जना गर्नु रहेको छ । कार्यक्रमले सवारीचालक सुरक्षा, सामुदायिक संलग्नता र नेतृत्व विकासमा जोड दिंदै आएको छ भने उत्साहीहरूलाई क्षेत्रीय च्याप्टरहरूको नेतृत्व गर्न र यामाहाको सद्भाव र साहसिक भावनालाई पनि बढावा दिँदै आएको छ ।
काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...
काठमाडौं – बल्खुमा यामाहा मोटरसाइकल तथा स्कुटरको नयाँ शोरुम रिशिक...
काठमाडौँ – यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लू...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...