यामाहा ब्लू फेस्ट प्रारम्भ, एफजेड एफआई न्यू जेन मोटरसाइकल लन्च

काठमाडौं–यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु ग्रुपले ‘यामाहा ब्लू फेस्ट’ शुभारम्भ गरेको छ । काठमाडौंको भृकुटीमण्डमा आइतबारदेखी प्रारम्भ भएको उक्त कार्यक्रमर्फत ग्राहक, डिलर तथा मोटरसाइकलप्रेमीलाई एकै स्थानमा ल्याई आकर्षक ब्रान्ड अनुभव प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रमको उद्घाटन ग्रुपका चेयरम्यान विष्णु कुमार अग्रवाल र ब्रान्ड एम्बेसडर अनुप विक्रम शाही ले संयुक्त रूपमा गरेका हुन् ।

ब्लू फेस्टको मुख्य आकर्षण ‘लिड द नेक्स्ट’ थीमअन्तर्गत नयाँ यामाहा एफजेट एफआई न्यू जेनको आधिकारिक लन्च रहेको थियो । अध्यक्ष अग्रवालले उक्त मोडल सार्वजनिक गर्दै नेपालमा लोकप्रिय एफजेट सिरिजको नयाँ अध्याय सुरु भएको बताए ।

कार्यक्रममा बोल्दै उनले यामाहा मोटरसाइकलहरू प्रदर्शन, स्टाइल र उत्साह प्रदान गर्ने गरी निर्माण गरिएको उल्लेख गर्दै एफजेट सिरिज नेपाली राइडरहरूको विश्वासिलो रोजाइ बन्दै आएको बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले नयाँ मोडलमा ट्र्याक्सन कन्ट्रोल, सिंगल च्यानल एबीएस र वाई–कनेक्टजस्ता विशेषता समावेश गरिएको जानकारी दिए । उनका अनुसार एफजेट एफआई न्यू जेन स्टाइल, प्रविधि र प्रदर्शनको संयोजन खोज्ने नयाँ पुस्ताका राइडरलाई लक्षित गरी तयार गरिएको हो ।

कार्यक्रममा सेल्स हेड शैलेन्द्र अधिकारी ले ब्लू फेस्ट अन्तर्गत उपलब्ध अफर, मूल्य संरचना तथा नयाँ मोडलका विशेषताबारे जानकारी दिएका थिए ।

ब्लू फेस्टअन्तर्गत आयोजित एक्सचेन्ज कार्निभलमा ग्राहकले आफ्ना पुराना मोटरसाइकल साट्न सक्ने सुविधा पाएका छन् । ५० भन्दा बढी रिकन्डिसन हाउसको सहभागितामा बजारअनुसारको मूल्याङ्कनसहित एक्सचेन्ज सुविधा उपलब्ध गराइएको छ ।

त्यसैगरी, ग्राहकले नागरकितामार्फत तुरुन्त फाइनान्सिङ सुविधा, अधिकतम ४० महिनासम्मको ईएमआई विकल्प तथा ब्लू फेस्ट योजनाअन्तर्गत अधिकतम ५ लाख रुपैयाँसम्म क्यासब्याक सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले ब्लू फेस्टमार्फत ग्राहकलाई पूर्ण ब्रान्ड अनुभव प्रदान गर्नुका साथै इनोभेसन र राइडर सन्तुष्टिप्रतिको प्रतिबद्धता दोहोर्याएको जनाएको छ ।

सम्बन्धित समाचारहरू

आर१५ भी४ को डेलिभरी प्रारम्भ : यस्तो छ फिचर र मूल्य

आर१५ भी४ को डेलिभरी प्रारम्भ : यस्तो छ फिचर र मूल्य

यामाहा मोटर इन्डियाले हालै नयाँ जेनेरेसनको वाईजेडएफ–आर१५ भी४.० बाइक लन्च...

पप–कल्चर फेस्टिभलमा यामाहा सह–प्रायोजक, के–के छन् आकर्षण ?

पप–कल्चर फेस्टिभलमा यामाहा सह–प्रायोजक, के–के छन् आकर्षण ?

काठमाडौं–यामाहा नेपाल देशकै सबैभन्दा ठूलो पप–कल्चर फेस्टिभलमा...

यामाहा आर१५ को उत्पादन १० लाख युनिट नाघ्यो, ९० प्रतिशत बजार भारत

यामाहा आर१५ को उत्पादन १० लाख युनिट नाघ्यो, ९० प्रतिशत बजार भारत

यामाहाले आफ्नो चर्चित मोटरसाइकल आर१५ को उत्पादन १० लाख यूनिट नाघेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...