नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा याडियाको गेम चेन्जिङ भेलाक्स सिरिज सार्वजनिक हुँदै

काठमाडौं – नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले याडियाको भेलाक्स सिरिज अन्तर्गत तीनवटा अत्याधुनिक इलेक्ट्रिक स्कुटरहरूको आधिकारिक शुभारम्भ गर्ने भएको छ । यी स्कुटर शक्ति, प्रदर्शन र उद्देश्यका लागि निर्माण गरिएका कम्पनीको भनाइ छ ।

आगामी साउन २१ देखि प्रारम्भ हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा पहिलो पटक सार्वजनिक रुपमा प्रस्तुत गरिने सो स्कुटर लाइनअपमा भेलाक्स फास्ट चार्जिङ, भेलाक्स यु अर्थात अल्ट्रा पर्फमेन्स र भेलाक्स एच अर्थात हाई पर्फमेन्स समावेश छन् । यसमार्फत नेपाली सवारी प्रयोगकर्ताहरूले नयाँ युगको शहरी मोबिलिटी अनुभव गर्ने कुजु नेपालले जनाएको छ ।

भेलाक्स फास्ट चार्जिङ – अब चार्जिङमा मात्र २० मिनेट

व्यस्त जीवनशैली अपनाउने र समयको मूल्य बुझ्ने सवारहरूको लागि याडियाको यो मोडल एक क्रान्तिकारी परिवर्तन हो। ७६ भोल्ट ३० एएच एलएफपी ब्याट्री सहितको भेलाक्स फास्ट चार्जिङ स्कुटरले ११० किमी सम्मको रेन्ज दिन्छ। यसले २० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमतायुक्त सो स्कुटर द्रुत गतिमा काम गर्ने, डेलिभरी सेवामा संलग्न वा दैनिक यात्रा गर्नेहरूका लागि उपयुक्त विकल्प हो। यसमा ३२०० वाट मोटर, ६२ किमी प्रतिघण्टा गति र १७२ एनएम टर्क रहेको छ - जसले द्रुत ऊर्जा र भरपर्दो प्रदर्शन प्रदान गर्छ।

भेलाक्स यु – अल्ट्रा प्रदर्शन, अल्टिमेट राइड

प्रदर्शनका पारखीहरूका लागि तयार पारिएको याडियाको प्रमुख मोडल हो — भेलाक्स यु । यो डुअल ७४ भोल्ट २० एएच ब्याट्री सिस्टमद्वारा सञ्चालित छ र १४० किमी सम्म रेन्ज प्रदान गर्छ। यसमा ४९०० वाटको शक्तिशाली मोटर, ८० किमी प्रतिघण्टा गति र १७६ एनएम टर्क छ । ‘यु’ को अर्थ नै अल्ट्रा पर्फमेन्स हो, जसले इलेक्ट्रिक स्कुटरको परिभाषालाई नै पुनःनिर्धारण गर्छ।

भेलाक्स एच – उच्च प्रदर्शन, दैनिक यात्राको साथी

दैनिक प्रयोगकर्ताहरूका लागि सहज, भरपर्दो र सुलभ मूल्यमा उपलब्ध भेलाक्स एच याडियाको मूल्यमैत्री तर शक्तिशाली मोडल हो। यसमा ७२ भोल्ट ३० एएच ब्याट्री छ, जसले १०० किमी सम्म रेन्ज दिन्छ। यसमा ३२०० वाट मोटर, ६२ किमी प्रतिघण्टा टप स्पिड र १७२ एनएम टर्क छ । ‘एच’ को अर्थ हाई पर्फमेन्स हो ।

याडिया भेलाक्स सिरिजले नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रालाई नयाँ उचाइमा पु-याउने कम्पनीको दावी छ । यस अनुसार वातावरणमैत्री भविष्य अँगाल्दै ग्राहकहरू द्रुत चार्जिङ, उच्च प्रदर्शन वा बजेटमैत्री स्मार्ट विकल्प बीच छनोट गर्न सक्नेछन् ।

पूरा लाइनअपलाई याडियाको प्याभिलियनमार्फत नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा औपचारिक रूपमा सार्वजनिक गरिनेछ। स्कुटरका थप विशेषताहरू, मूल्य र उपलब्धता सम्बन्धी जानकारी सोही कार्यक्रममा खुलासा गरिने समेत कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

बाउन्स इन्फिनिटी ई१ इलेक्ट्रिक स्कुटरको परीक्षण चल्दै, छिट्टै नेपाली बजारमा उपलब्ध हुने

बाउन्स इन्फिनिटी ई१ इलेक्ट्रिक स्कुटरको परीक्षण चल्दै, छिट्टै नेपाली बजारमा उपलब्ध हुने

मोडर्न टचका साथ रेट्रो लुकमा उपलब्ध बाउन्स इन्फिनिटीको इलेक्ट्रिक स्कुटर...

प्रदेश सरकारद्वारा नयाँ ट्याक्सी भाडादर लागू, विद्युतीय ट्याक्सीमा ५० रुपैयाँ फ्लाग डाउन

प्रदेश सरकारद्वारा नयाँ ट्याक्सी भाडादर लागू, विद्युतीय ट्याक्सीमा ५० रुपैयाँ फ्लाग डाउन

काठमाडौं – बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालयले...

अलिबाबा र ईबे जस्ता विदेशी अनलाइनबाट पनि अब गाडी किन्न सकिने

अलिबाबा र ईबे जस्ता विदेशी अनलाइनबाट पनि अब गाडी किन्न सकिने

हामीले विभिन्न विदेशी अनलाइनहरुमा सवारी साधन बुकिङ गर्न र किन्न सकिन्छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...