४० हजारले बढ्यो हुन्डाई कोना ईभीको मूल्य
काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
महिन्द्राले हालसालै सार्वजनिक गरेको आफ्नो पहिलो इलेक्ट्रिक एसयूभीलाई तीन भेरियन्टमा उतार्ने भएको छ । दुई महिनापछि मूल्य सार्वजनिक हुन गैरहेको यो एसयूभी वेस, इपी र इएल भेरियन्टमा उपलब्ध हुने जनाइएको छ । भेरियन्ट अनुुसार यसमा उपलब्ध हुने फिचर फरकफरक हुनेछ । यसको मूल्य १८ देखी २० लाख हराहारीमा निर्धारण हुन सक्ने आँकलन गरिएको छ ।
यो इलेक्ट्रिक एसयूभीमा महिन्द्राले ३९.४ किलोवाट आवरको व्याट्री प्याक उपलब्ध गराएको छ । जसको अधिकतम पावर १५० एचपी र टर्क ३१० एनएम रहेको छ । यो नयाँ एसयूभीलाई ५० किलोवाट क्षमताको डिसी चार्जरबाट ५० मिनेटमै शून्यदेखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसमा फन, फास्ट र फियरलेस गरी कुल तीन प्रकारका ड्राइभिङ मोड उपलब्ध छ ।
एक्सयूभी ४०० इभीको टप भेरियन्टमा महिन्द्राको एड्रेनो एक्स सफ्टवेयर सहितको ७ इन्च टचस्क्रिन उपलब्ध हुन सक्ने अनुमान लगाइएको छ । यसैगरी सिंगल प्यानल सनरुफ, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरव्याग र सवै चक्कामा डिस्क व्रेक लगायत फिचर उपलब्ध हुनेछ ।
महिन्द्राले यो इभीलाई एक्सयूभी ३०० मा आधारित भई निर्माण गरेको छ । भारतीय बजारमा औपचारिक लन्च भएपछि यो नयाँ एसयूभी नेपाली बजारमा समेत उपलब्ध हुनेछ । यसले टाटाको नेक्सन इभीसंग कडा प्रतिस्पर्धा गर्ने देखिएको छ ।
काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
काठमाडौं – नेपाली बजारमा नयाँ चिनियाँ ब्रान्ड जम्बो ब्राभोको इलेक्ट्रिक...
इलेक्ट्रिक भेइकल स्टार्टअप कम्पनी ओलम्पियन मोटर्सले रेट्रो डिजाइनको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...