जीपले यो बर्ष भारतमा ३ वटा एसयुभी लन्च गर्ने
अमेरिकन ब्रान्ड जीपले यो बर्ष भारतमा तीनवटा एसयुभी लन्च गर्ने बताएको छ ।...
काठमाडौं– महिन्द्राले निकट भविष्यमा ल्याउने तयारी गरेकोे एक्सयूभी ३०० फेसलिफ्ट इलेक्ट्रिक पावरट्रेनमा पनि आउने भएको छ । सो नयाँ ईभीलाई कम्पनीले टाटा नेक्सन ईभीसंग प्रतिस्पर्धा गर्नेगरी ल्याउन लागेको हो ।
मिडिया रिपोर्टका अनुसार एक्सयूभी ३०० ईभीलाई अहिले कम्पनीले भारतका विभिन्न सडकमा परिक्षण गरिरहेको छ । सो नयाँ ईभी महिन्द्राको ईभी पोर्टफोलियोमा हालको एक्सयूभी ४०० ईभी भन्दा तल रहने उल्लेख गरिएको छ ।
एक्सयूभी ३०० को फेसलिफ्टमै आधारित रहने भएपनि सो नयाँ ईभीमा केही फिचर भने ईभी विशेष रहने जनाइएको छ । स्पाई इमेजमा देखिए अनुसार यसको डिजाइन महिन्द्राको बर्न इलेक्ट्रिक रेन्जमा आधारित रहेको अनुमान गर्न सकिन्छ ।
सो नयाँ ईभीको एक्सटेरियरमा ठूलो सी आकारको एलईडी डेटाईम रनिङ लाइट र पूर्णत चौडा एलईडी लाइट बार सहितको सि–सेप टेललाइटमा यसको रियरलाई रिफ्रेस गरिएको छ । साथै यसको इन्टेरियरमा ठूलो आकारको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र न्यू इन्स्ट्रयुमेन्ट कन्सोल सहित अन्य परिवर्तन देख्न पाइनेछ ।
एक्सयूभी ३०० ईभीमा महिन्द्राले ३५ किलोवाट आवरको ब्याट्री प्याक जडान गर्न सक्ने आँकलन गरिएको छ । मूल्यमा भने सो ईभी हालको एक्सयुभी ४०० ईभी भन्दा २ लाख भारुले सस्तो पर्नसक्ने अनुमान गरिएको छ ।
अमेरिकन ब्रान्ड जीपले यो बर्ष भारतमा तीनवटा एसयुभी लन्च गर्ने बताएको छ ।...
महिन्द्रा थार ५ डोर लामो समयदेखि चर्चामा छ । महिन्द्रा एन्ड महिन्द्राका...
महिन्द्राले आफ्नो हालसम्मकै प्रिमियम र महंगो एसयुभी एक्सयुभी ७०० को मूल्य...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...