नेपालमा बिक्री शुरु हुन लागेको स्कर्पियो एनले पायो फाइभ स्टार रेटिङ
महिन्द्राको चर्चित एसयूभी स्कर्पियो एनले सेफ्टि टेष्टमा फाइभ स्टार रेटिङ...
काठमाडौं– महिन्द्राले निकट भविष्यमा ल्याउने तयारी गरेकोे एक्सयूभी ३०० फेसलिफ्ट इलेक्ट्रिक पावरट्रेनमा पनि आउने भएको छ । सो नयाँ ईभीलाई कम्पनीले टाटा नेक्सन ईभीसंग प्रतिस्पर्धा गर्नेगरी ल्याउन लागेको हो ।
मिडिया रिपोर्टका अनुसार एक्सयूभी ३०० ईभीलाई अहिले कम्पनीले भारतका विभिन्न सडकमा परिक्षण गरिरहेको छ । सो नयाँ ईभी महिन्द्राको ईभी पोर्टफोलियोमा हालको एक्सयूभी ४०० ईभी भन्दा तल रहने उल्लेख गरिएको छ ।
एक्सयूभी ३०० को फेसलिफ्टमै आधारित रहने भएपनि सो नयाँ ईभीमा केही फिचर भने ईभी विशेष रहने जनाइएको छ । स्पाई इमेजमा देखिए अनुसार यसको डिजाइन महिन्द्राको बर्न इलेक्ट्रिक रेन्जमा आधारित रहेको अनुमान गर्न सकिन्छ ।
सो नयाँ ईभीको एक्सटेरियरमा ठूलो सी आकारको एलईडी डेटाईम रनिङ लाइट र पूर्णत चौडा एलईडी लाइट बार सहितको सि–सेप टेललाइटमा यसको रियरलाई रिफ्रेस गरिएको छ । साथै यसको इन्टेरियरमा ठूलो आकारको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र न्यू इन्स्ट्रयुमेन्ट कन्सोल सहित अन्य परिवर्तन देख्न पाइनेछ ।
एक्सयूभी ३०० ईभीमा महिन्द्राले ३५ किलोवाट आवरको ब्याट्री प्याक जडान गर्न सक्ने आँकलन गरिएको छ । मूल्यमा भने सो ईभी हालको एक्सयुभी ४०० ईभी भन्दा २ लाख भारुले सस्तो पर्नसक्ने अनुमान गरिएको छ ।
महिन्द्राको चर्चित एसयूभी स्कर्पियो एनले सेफ्टि टेष्टमा फाइभ स्टार रेटिङ...
जावा मोटरसाइकलको नेपालका लगाी आधिकारिक बितरक अग्नी मोटो इंकले जनकपुरमा...
काठमाडौं – नेपालमा क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...