दिपल ईभीमा आयो ‘छुटाउनै नमिल्ने’ प्रि–बजेट अफर : २० प्रतिशत डाउनपेमेन्ट, ८.९९ प्रतिशत ब्याजदर
काठमाडौं – नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा उच्चकोटीको ईभी ब्रान्ड...
चिनियाँ इलेक्ट्रिक सवारी निर्माता कम्पनी एक्सपेङले आफ्नो उत्पादन यात्रामा ऐतिहासिक सफलता हात पारेको छ। कम्पनीले १० लाखौँ गाडी उत्पादन सम्पन्न भएको घोषणा गरेको छ । अटो ग्वाङझाउ २०२५ को उदघाटन दिनमै कम्पनीले सो घोषणा गरेको हो। एक्सपेङका अध्यक्ष तथा सीईओ हे स्याओपेङले यो उपलब्धिलाई ‘कम्पनीको तीव्र ग्लोबल वृद्धि र उपभोक्ताको विश्वासको प्रतीक’ भएको बताए ।
एक्सपेङको १० लाखौं गाडी प्रोडक्सन लाइनबाट निस्कनुभन्दा ठीक १४ महिना अघि मात्र कम्पनीले ५ लाख युनिटको उपलब्धि मनाएको थियो। पहिलो मोडल बजारमा ल्याएदेखि ५ लाख युनिटसम्म पुग्न कम्पनीलाई ८२ महिना लागेको थियो। तर त्यसपछि उत्पादन क्षमतामा भएको तीव्र विस्तार र बजार मागका कारण दोस्रो ५ लाख गाडी उत्पादन गर्न थोरै समय लाग्यो।
प्रोडक्सन लाइनबाट बाहिरिएको १० लाखौ गाडी एक्सपेङ एक्स९ एक्सटेन्डेड रेन्ज (ईआरईभी) एमपीभी हो ।
अक्टोबरको अन्त्यसम्म एक्सपेङको समग्र डेलिभरी ९ लाख ४५ हजार ५८८ युनिट पुगेको छ । अक्टोबर महिनामा मात्र कम्पनीले ४२ हजार १३ गाडी बिक्री–वितरण गरेको छ, जुन लगातार चौथो महिना नयाँ रेकर्ड हो। गत वर्षको सोही महिनाको तुलनामा यो ७५.६६ प्रतिशत वृद्धि हो। जनवरीदेखि अक्टोबरसम्म कम्पनीले ३ लाख ५५ हजार २०९ गाडी बिक्री गरेको छ, जुन गत वर्षको यही अवधिको तुलनामा १९०.०२ प्रतिशतको तीव्र वृद्धि हो।
कम्पनीको नवीनतम मोडल एक्सपेङ एक्स९ एक्सटेन्डेड रेन्ज (ईआरईभी) एमपीभीले प्योर ईभी मोडमा ४५२ किलोमिटर र ६० लिटर इन्धन ट्यांकीसहित कुल १ हजार ६०२ किलोमिटरको रेन्ज प्रदान गर्छ। यसले लामो दुरीको यात्रा तथा पारिवारिक उपयोगका लागि निकै आकर्षक विकल्प बनाएको छ।
काठमाडौं – नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा उच्चकोटीको ईभी ब्रान्ड...
चिनियाँ अटोमोबाइल निर्माता कम्पनी डोङफेङ ग्रुपले सन् २०२५ को डिसेम्बर र...
हुन्डाई अयोनिक ५ ले वेलायतमा यो वर्षको ‘कार अफ दि इयर’ अवार्ड पाएको छ । सन्...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...