स्मार्ट फोन निर्माता साओमीले ल्याउँदै नयाँ इलेक्ट्रिक कार

चीनको प्रख्यात स्मोर्ट फोन निर्माता साओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू–७ सार्बजनिक गरेको छ । सन् २०२५ देखी बजारमा उपलब्ध हुने अनुमान गरिएको सो नयाँ इलेक्ट्रिक सेडानले भविष्यमा बिएमडब्लु आई४ र टेस्ला मोडल ३ लगायतसंग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ ।

साओमीले तयार पारिरहेको सो नयाँ कारको लम्बाई ४९९७ एमएम, चौडाई १९६३ एमएम, उचाई १४४० एमएम र ह्विलवेश ३००० एमएम हुने जनाइएको छ । साथै यसको तौल १९८० र २२०५ किलोग्रामको विचमा हुनेछ ।

सो नयाँ कारलाई कम्पनीले २ वटा पावरट्रेनको विकल्पमा उतार्ने तयारी थालेको हो । जसमध्ये एउटामा २९९ एचपी पावरको सिंगल मोटर र अर्कोमा ६७३ एचपी क्षमताको डुअल मोटर जाडन हुनेछ । नयाँ कार रियर ह्विल ड्राइभ र फोर ह्विल ड्राइभ भर्सनमा उपलब्ध हुने कम्पनीको भनाई छ । यसको टप स्पिड क्रमशः २१० र २६५ किलोमिटर रहने दावी गरिएको छ ।

साओमीको सो नयाँ कारमा बीवाइडीको एलएफपी र क्याटलले उत्पादन गर्ने ब्याट्रीको विकल्प पाउन सकिने बताइएपनि कुन साइजको ब्याट्री प्रयोग हुनेछ र यसले कति रेन्ज दिन्छ भन्ने विषयमा कुनै जानकारी वाहिर आएको छैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...