विश्वको सबैभन्दा अग्लो सडकको भयो उद्घाटन, गिनिज बुकमा दर्ता

विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको सडकको उद्घाटन भएको छ । सो सडक १९ हजार फिट उचाइमा अवस्थित छ जसको नाम चिसुम्ले–डेम्चोक राखिएको छ । उक्त सडक भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेका छन् । यसले चीनसँगको सीमा क्षेत्रमा सैन्य सवारी साधनको सहज आवतजावतमा मद्दत गर्नेछ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समावेश
संसारको सबैभन्दा अग्लो सडक जसमा मोटर गाडी चलाउन सकिन्छ, अहिले पूर्वी लद्दाखको उमलिंग ला दर्रामा १९ हजार ३०० फिटको उचाइमा अवस्थित छ । यस सडकको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ । यसलाई अग्लो हिमाली क्षेत्रबाट बीआरओ अर्थात बोर्डर रोड अर्गनाइजेसनले ५२ किलोमिटर लामो पक्की सडक बनाएको छ । उमलिंग ला दर्रा सडकले पूर्वी लद्दाखको चुमार सेक्टरको महत्वपूर्ण शहरहरूलाई जोड्छ ।

तोडियो रेकर्ड
उमलिंग ला दर्राले बोलिभियामा रहेको १८ हजार ९५३ फिटमा रहेको सडकको अघिल्लो रेकर्ड तोडेको छ । बोलिभियाको सो अग्लो सडक उटुरुन्कु भनिने ज्वालामुखीसँग जोडिएको छ ।

सगरमाथाको आधार शिविर भन्दा माथि
उमलिंग ला दर्रा सगरमाथाको आधार शिविर भन्दा अग्लो स्थानमा अवस्थित छ । तिब्बतको उत्तरी आधार शिविर १६ हजार ९०० फिटको उचाइमा छ भने नेपालको दक्षिणी आधार शिविर १७ हजार ५९८ फिटमा अवस्थित छ । सगरमाथाको शिखर २९ हजार फिट भन्दा अलि अग्लो छ ।

बीआरओको प्रोत्साहन
बोर्डर रोड्स अर्गनाइजेसन र सीमा सडक संगठनको प्रयासका कारण भारतले विश्वको सबैभन्दा अग्लो स्थानमा मोटर सडक बनाउन सफल भएको दाबी गरेको छ । बीआरओ भारतीय सशस्त्र बलको सडक निर्माण एजेन्सी हो । बीआरओसँग भारतको उत्तरी सिमानामा सबैभन्दा दुर्गम क्षेत्रमा सडक निर्माण गर्ने विशेषज्ञता छ ।

चालकहरूको लागि चुनौतीपूर्ण
प्रख्यात खार्दुङ ला दर्रा भन्दा उमलिंग ला दर्रा सडक चालकका लागि बढी चुनौतीपूर्ण हुनेछ । रक्षा मन्त्रालयका अनुसार त्यहाँको मौसम जाडोमा माइनस ४० डिग्री सेल्सियस तापक्रम भन्दा तल हुन्छ । साथै, यस उचाइमा अक्सिजनको स्तर सामान्य स्थानको तुलनामा करिब ५० प्रतिशत कम हुन्छ । जसका कारण जो कोहीलाई पनि लामो समयसम्म यहाँ बस्न गाह्रो हुन्छ ।

स्थानीय जनताको लागि वरदान
रक्षा मन्त्रालयका अनुसार लेहलाई चिसुमले र डेमचोकसँग जोड्ने वैकल्पिक सीधा मार्ग भएकाले स्थानीय जनताका लागि यो वरदान साबित हुनेछ ।

सम्बन्धित समाचारहरू

मोटरसाइकल चोरी : संख्या, सम्भावित स्थान, विधि र बच्ने उपाय

मोटरसाइकल चोरी : संख्या, सम्भावित स्थान, विधि र बच्ने उपाय

पछिल्लो समयमा उपत्यका र देशका अन्य स्थानहरुमा पनि चोरी गरी अनधिकृत रुपमा...

ललितपुर महानगरका यी सडक बने एकतर्फी, ट्राफिक व्यवस्थानका लागी यस्ता छन् नयाँ योजना

ललितपुर महानगरका यी सडक बने एकतर्फी, ट्राफिक व्यवस्थानका लागी यस्ता छन् नयाँ योजना

ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई विशेष योजना बनाएर...

कोटेश्वरमा ४० प्रतिशत घट्यो ट्राफिक जाम, भविष्यमा अण्डरपास र फ्लाइओभर बनाइने

कोटेश्वरमा ४० प्रतिशत घट्यो ट्राफिक जाम, भविष्यमा अण्डरपास र फ्लाइओभर बनाइने

काठमाडौं – राजधानीको कोटेश्वर–जडिबुटी सडक खण्ड विस्तार भएसँगै सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...