मौसम सम्बन्धी जानकारी दिने आधिकारिक सरकारी एप नेपाल वेदर अफिसियल सार्वजनिक
काठमाडौं – मौसम सम्बन्धी सटीक, भरपर्दो र समय सापेक्ष जानकारी उपलब्ध...
मोटरसाइकल चलाउँदा धेरैले इन्जिन, माइलेज र स्पिडमा मात्र ध्यान दिन्छन्, तर सस्पेन्सनजस्तो अत्यन्तै महत्वपूर्ण भागलाई प्रायः बेवास्ता गरिन्छ। वास्तवमा सस्पेन्सन केवल आरामका लागि होइन, सेफ्टी, सन्तुलन र सडकमा कन्ट्रोलको आधार हो । सस्पेन्सन बिग्रँदा बाइक असहज मात्र हुँदैन, दुर्घटनाको जोखिम पनि उल्लेखनीय रूपमा बढ्छ।
सस्पेन्सन बिग्रँदै गएको सबैभन्दा स्पष्ट संकेतमध्ये एक हो अगाडिको काँटा वा सस्पेन्सन रडमा तेल देखिनु। यदि रड वरिपरि तेल टाँसिएको वा बगेको देखिन्छ भने, त्यसको अर्थ आयल सिल बिग्रिएको छ र सस्पेन्सनले आफ्नो काम सही रूपमा गर्न सकेको छैन। यस्तै, सामान्य खाल्डाखुल्डी वा साना उचाइमा पनि पहिलेभन्दा धेरै झट्का महसुस हुन थालेको छ भने, त्यो पनि सस्पेन्सन कमजोर भएको संकेत हो। अचानक ब्रेक लगाउँदा बाइकको अगाडिको भाग अस्वाभाविक रूपमा धेरै तल झुक्नु पनि अगाडिको सस्पेन्सन बिग्रिएको स्पष्ट संकेत मानिन्छ।
सस्पेन्सन चाँडै बिग्रनुमा चालक आफैंले गर्ने केही सामान्य गल्तीहरूको ठूलो भूमिका हुन्छ। सबैभन्दा पहिला, ओभरलोडिङ प्रमुख कारण हो। प्रत्येक मोटरसाइकलको तोकिएको भार क्षमता हुन्छ। त्यो भन्दा बढी तौल बोक्दा, चाहे तीन जना बसालेर होस् वा भारी सामान लोड गरेर, सस्पेन्सन स्प्रिङहरू लगातार पूर्ण रूपमा कम्प्रेस हुन्छ । लामो समयसम्म यसरी प्रयोग गर्दा स्प्रिङ कमजोर हुँदै जान्छ र अन्ततः सस्पेन्सन काम नलाग्ने अवस्थामा पुग्छ।
त्यसैगरी, कच्चा सडक, खाल्डाखुल्डी वा स्पिड ब्रेकरमा गति कम नगरी बाइक कुदाउनु सस्पेन्सनका लागि अत्यन्त हानिकारक हुन्छ। उच्च गतिमा अचानक लागेको झट्काले सस्पेन्सन भित्रका पार्ट्समा गम्भीर क्षति पुर्याउन सक्छ। सस्पेन्सन रडमा धुलो, माटो र हिलो जम्नु सामान्य भए पनि, त्यसलाई लामो समयसम्म सफा नगर्दा आयल सिल चाँडै घिसिन्छ। बाइक धुँदा सस्पेन्सन रडलाई सफा कपडाले पुछ्नु सानो तर प्रभावकारी मानिन्छ ।
सस्पेन्सन लामो समयसम्म राम्रो अवस्थामा राख्न केही सजिला तर महत्वपूर्ण सावधानी अपनाउन सकिन्छ। खराब सडकमा गति नियन्त्रण गर्नु सबैभन्दा प्रभावकारी उपाय हो। नियमित सर्भिसका बेला मेकानिकलाई सस्पेन्सनको आयल सिल र बुश जाँच गर्नु राम्रो हुन्छ। सस्पेन्सन रडमा खिया लाग्न नदिनु पनि उत्तिकै आवश्यक छ, किनकि खियाले रडको सतह बिगारेर तेल चुहावट निम्त्याउँछ। इन्जिन आयलजस्तै सस्पेन्सनभित्र पनि तेल हुन्छ । यदि सस्पेन्सनबाट तेल चुहिरहेको छ वा चलाउँदा असामान्य अनुभव भइरहेको छ भने, ढिला नगरी मर्मत गराउनु नै सुरक्षित विकल्प हो।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...