कारमा हुने सनरुफका फाइदा र बेफाइदा के ?
सबै अटोमेकरहरूले सनरुफ भएका कारहरू उपलब्ध गराइरहेका छन् । साथै सनरुफ...
आजकल कारमा सनरुफ र मुनरुफको चलन बढ्दो छ। सो फिचर विशेष गरी मध्य र प्रिमियम सेगमेन्टका कारमा सामान्य भइसकेको छ । कारमा सनरुफ र मुनरुफ दुवै फरक विशेषता हुन्।
सनरुफ भनेको कारको छतमा जडान गरिने स्लाइडिङ वा प्यानल खोल्ने सुविधा हो। यो धातु वा गिलासबाट बनेको हुन्छ र म्यानुअल वा इलेक्ट्रोनिक रूपमा खोल्न सकिन्छ। सनरुफ मार्फत कारमा ताजा हावा र प्रकाश ल्याउन सकिन्छ। सनरुफ पप-अप सनरुफ, स्लाइडिङ सनरुफ, प्यानोरामिक सनरुफ, टिल्ट-अप सनरुफ आदि गरी विभिन्न प्रकारका हुन्छन्।
मुनरुफ पनि मूलतः एक प्रकारको सनरुफ हो, जसमा सिसाको प्यानल हुन्छ। यसलाई इलेक्ट्रोनिक रूपमा खोल्न र बन्द गर्न सकिन्छ । कुनै कारमा यो पूर्ण रूपमा खोलिएको हुँदैन । हावा कार भित्र सर्कुलर गर्नका लागि यसलाई केही ढल्काएको हुन्छ । मुनरुफ बढी प्रिमियम र स्टाइलिश भएको हुनाले अहिले धेरैजसो आधुनिक र महँगा कारमा यसलाई प्रदान गरिएको हुन्छ ।
सनरुफ र मुनरुफ बीचको सबैभन्दा ठुलो भिन्नता यसको निर्माण र कार्य विधिमा छ। सनरुफ धातु वा सिसाबाट बनेको हुन्छ र मुनरुफ सिसाबाट बनाइएको हुन्छ । सनरुफ म्यानुअली वा इलेक्ट्रोनिक रूपमा खोल्न सकिन्छ र ताजा हावा र प्रकाशका लागि पुरा खोलेको हुन्छ । मुनरुफ पूर्ण रूपमा इलेक्ट्रोनिक हुन्छ र सामान्यतया ढल्केको हुन्छ ।
लुक्सको हिसाबले पनि सनरुफ र मुनरुफमा भिन्नता हुन्छ। सनरुफले कारलाई स्ट्यान्डर्ड लुक दिन्छ भने मुनरुफले अझ प्रिमियम र आधुनिक लुक दिन्छ। सनरुफ केही बजेट सेगमेन्टका कारमा मात्र उपलब्ध हुन्छ भने मुनरुफ प्रायः प्रिमियम र लक्जरी कारमा उपलब्ध हुन्छ ।
सबै अटोमेकरहरूले सनरुफ भएका कारहरू उपलब्ध गराइरहेका छन् । साथै सनरुफ...
सनरुफ कारमा लोकप्रिय फिचर हो । कम्पनीले आधुनिक कारमा सनरुफ फिचरको रुपमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...