नेपाली बजारमा अब टीएसआई इन्जिन सहितको फक्सवागन पोलो र भेन्टो

काठमाडौं – नेपाली बजारमा फक्सवागनको टीएसआई इन्जिन सहितको पोलो र भेन्टो भित्रिएको छ । टीएसआई अर्थात टर्बोचार्ज्ड स्ट्राटिफाइड इन्जेक्सन इन्जिन फक्सगानको निकै नै महत्वपूर्ण र धेरै पुरस्कारद्वारा सुसज्जित इन्जिन हो ।

नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपालले यी गाडी भित्र्याएको औपचारिक घोषणा गरेको हो । कम्प्याक्ट, उच्च पावरयुक्त, इन्धन किफायतीपना र १.० लिटर बीएस ६ इन्जिनयुक्त यी गाडीले ११० पीएस पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड म्यानुअल ट्रान्सििमसन र अटोमेटिक ट्रान्समिसन उपलब्ध छ ।

यसमा फक्सवागनको धेरै पटक पुरस्कृत भइसकेका विभिन्न प्रविधि सहितका धेरै विशेषता छन् । यसमा नयाँ स्टाइलिस हनीकम्ब ग्रिल, स्पोर्टी बडी साइड ग्राफिक्स, प्यासेन्जर डोरनेर बोल्ड टीएसआई ब्याज, स्टनिङ ब्ल्याक ओआरभीएम आदि उपलब्ध छन् ।

प्रशस्तै स्पिडमा पनि फन–टु–ड्राइभ अनुभवका साथ इन्धन किफायतीपना समेत हुने गरी फक्सवागनको टीएसआई इन्जिनको डिजाइन गरिएको बताइएको छ । यी सबै कारण टीएसआई इन्जिनयुक्त पोलोले १८.२४ किमी र भेन्टोले १७.६९ किमी प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ ।

यो सेगमेन्टमा पोलो टीएसआई पावरफुल ह्याचब्याकको रुपमा परिचित छ । पूजा इन्टरनेसनलका मार्केटिङ म्यानेजर विराज श्रेष्ठ पोलो टीएसआई यो सेगमेन्टमै सबैभन्दा पावरफुल ह्याचब्याक भएको बताउँछन् । १ हजार सीसी क्षमता भए पनि यसले १ हजार ६ सय सीसी भन्दा बढी क्षमताको इन्जिनले प्रदान गर्ने पावर प्रदान गर्ने उनले बताए । फक्सवागनले एक दशक भन्दा लामो समय लगाएर इन्जिन जगतमै नयाँ एड्भान्स्ड इन्जिनको विकास गरेको कम्पनीको भनाइ छ ।

नेपाली बजारका लागि विभिन्न भेरिएन्टमा पोलो र भेन्टो उपलब्ध छन् । पोलोको मूल्य ३६ लाख ९० हजार देखि र भेन्टोको मूल्य ३९ लाख ४० हजार रुपैयाँ देखि प्रारम्भ हुन्छ ।

पोलो कम्फर्टलाइन टीएसआईको मूल्य ३६ लाख ९० हजार, हाइलाइन प्लस म्यानुअलको मूल्य ३९ लाख ९० हजार, हाइलाइन प्लस टीएसआई म्यानुअलको मूल्य ४० लाख ४० हजार, हाइलाइन प्लस टीएसआई अटोमेटिकको मूल्य ४५ लाख ४० हजार र पोलो जीटी हाइलाइन टीएसआईको मूल्य ४७ लाख ४० हजार रुपैयाँ छ ।

त्यसैगरी भेन्टो ट्रेन्डलाइन टीएसआईको मूल्य ३९ लाख ४० हजार, कम्फर्टलाइन टीएसआईको मूल्य ४२ लाख ४० हजार, हाइलाइन टीएसआई म्यानुअलको मूल्य ४४ लाख ४० हजार, हाइलाइन प्लस टीएसआई म्यानुअलको मूल्य ४९ लाख ४० हजार, हाइलाइन टीएसआई अटोमेटिकको मूल्य ५० लाख ४० हजार र हाइलाइन प्लस टीएसआई अटोमेटिकको मूल्य ५४ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...