नेपालकै सबैभन्दा ठूलो बस व्यवसायी समितिलाई डेलिभरी गरियो भल्वो आइसरको म्याजेस्टिक
लङ रुट इन्टर–सिटी ट्राभलका लागि उपयुक्त भल्वो आइसरको १२ मिटर च्यासिस...
काठमाडौं – भल्वो आइसरको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्लु कमर्सियल भेइकल्स प्रालिले नेपाली बजारमा बीएस६ सिरिजका नयाँ सवारी साधन उपलब्ध गराउने भएको छ । बतास एमएडब्लुले एक टिजर जारी गर्दै यो जानकारी सार्वजनिक गरेको हो ।
कम्पनीले ‘बीएस६ भनेकै भल्वो आइसर’ भनेर यसको वारेमा जानकारी सार्वजनिक गरेको हो । आगामी दिनमा बीएस६ मोडल गाडीका सिरिज नै उपलब्ध गराउने कम्पनीले संकेत गरेको छ । यसका लागि केही दिनमै बुकिङ खुला गरिने कम्पनीको भनाइ छ ।
सरकारले हालै सवारी साधनबाट हुने प्रदूषण र त्यसबाट हुने असर न्यूनीकरणका लागि भन्दै नेपाल सवारी सञ्चालन प्रदूषण मापदण्ड २०८२ जारी गरेको छ र यस अनुसार चारपांग्रे सवारीसाधनको हकमा युरो ६ मापदण्डअनुसार प्रदूषण परीक्षण हुनेगरी मापदण्ड लागु गरिएको छ । यसलाई बीएस६ बराबर मानिन्छ । यस अनुसार आगामी दिनमा सबै सवारी साधन यही मापदण्ड अनुसारका हुने छन् ।
यस्ता सवारी साधन संचालन र मर्मतका लागि योग्य जनशक्तिको खाँचो समेत पर्छ । यही तथ्यलाई मनन गरी कम्पनीले आवश्यक तयारी गरेको मान्न सकिन्छ । यस अनुसार तालिम प्राप्त टेक्निसियन, प्रशस्तै पार्ट्सको उपलब्धता, आवश्यक प्रोडक्ट रेन्ज र सर्भिस नेटवर्क उपलब्ध भएको कम्पनीले बताएको छ ।
भल्वो आइसरका सवारी साधनहरु प्रमाणित एयुटेक६ प्रविधिमा आधारित छन् । उच्च इन्धन किफायतीपना र कम मर्मत खर्चमा संचालन गर्न सकिने यी सवारी साधनमा स्मार्ट क्याविन लगायतका विभिन्न फिचर उपलब्ध छन् ।
भल्वो आइसरका बस, ट्रक, पिकअप लगायतका कमर्सियल गाडी नेपाली बजारमा उपलब्ध छन् । मलेसियामा हालै सम्पन्न इन्टरनेसनल एनुअल डिलर कन्फ्रेन्स २०२५ मा भल्वो आइसर कमर्सियल भेइकल्स (भीईसीभी) ले प्रतिष्ठित ‘ओभरल बेस्ट डिस्ट्रिब्युटर – साउथ एसिया’ द्वारा बतास एमएडब्लु कमर्सियल भेइकल्सलाई सम्मानित गरेको थियो ।
लङ रुट इन्टर–सिटी ट्राभलका लागि उपयुक्त भल्वो आइसरको १२ मिटर च्यासिस...
काठमाडौं – बतास एमएडब्ल्यू कमर्सियल भेइकल्सले आइसर ग्राहकहरूका लागि...
इटहरी । भल्भो–आइसरको नेपालका लागि आधिकारिक वितरक बतास–एमएडब्लु कमर्सियल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...