फक्सवागनले सम्पन्न ग-यो प्रि–स्प्रिङ चेकअप क्याम्प, सर्भिसिङ र पार्ट्समा अब्बल

काठमाडौं – फक्सवागन गाडीको नेपालस्थित आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपालले प्रि–स्प्रिङ चेकअप क्याम्प सम्पन्न गरेको छ । गत फागुन ९ गते प्रारम्भ भएको सो क्याम्प आज सम्पन्न भएको हो ।

काठमाडौं उपत्यकाका लागि बालाजु र बबरमहलस्थित कम्पनीको आधिकारिक सर्भिस सेन्टरमा सञ्चालित उक्त क्याम्पमा ग्राहकले स्पेयर पार्ट्समा १० प्रतिशत छुट देखि डेन्टपेन्टमा २० प्रतिशत छुट पाएका थिए । सो अवसरमा गाडीको २४ प्वाइन्ट निःशुल्क चेक अप गरिएको थियो ।

त्यसैगरी, लेबर चार्जमा ५० प्रतिशत छुट र निःशुल्क कार वासको समेत ब्यवस्था मिलाइएको थियो । चेकअप क्याम्प गराएका ग्राहकलाई अर्को चेकअपका लागि समेत कुपन उपलब्ध गराइएको र यसबाट उनीहरु थप लाभान्वित भएको डेपुटी सर्भिस हेड विश्वास घिमिरेले बताए । अर्को सर्भिसिङमा समेत ग्राहकले अहिलेकै सुविधा उपभोग गर्न पाउने छन् । 

प्रिमियम ब्रान्ड फक्सवागनले ग्राहकलाई लाभ पुग्नेगरी बिभिन्न समयमा यस्ता क्याम्प आयोजना गर्दै आइरहको छ ।

सर्भिसिङ र पार्ट्समा अब्बल

शुरुमा नेपाली बजारमा फक्सवागनका गाडी भित्र्याउदा यसका पार्ट्स सिंगापुरबाट ल्याइन्थ्यो । यसले गर्दा फक्सवागनका पार्ट्स महंगा हुन्छन् भन्ने आम मान्यता पनि थियो । तर हाल यसका पार्ट्स भारतबाटै आयात हुन्छन् । भारतबाट पार्ट्स आयात गर्दा फक्स्वागनका पार्ट्सको मूल्य पनि सस्तो भएको छ ।

फक्सवागनका गाडीेलाई १५ हजार किलोमिटर सम्म सर्भिसिङ नगरी निर्धक्क चलाउन सकिने बताइएको छ । सामान्यतः अन्य ब्रान्डका गाडीहरुको सर्भिसिङ ५ हजार किलोमिटर गुडे पछि गरिन्छ । गर्नु आवश्यक हुन्छ । तर फक्सवागनका गाडीको सर्भिसिङ १५ हजार किलोमिटर गुडे पछि मात्र गरिन्छ । यो भन्दा पहिले सर्भिसिङ गर्नु आवश्यक नहुने कम्पनीको भनाइ छ ।

अन्य गाडी सर्भिसिङका लागि ३ पटक वर्कसप पु¥याउनु परेको अवस्थामा फक्सवागनका गाडी बल्ल एक पटक पु¥याउनु पर्छ । सर्भिसिङ गर्दा लाग्ने पार्ट्स, लुब्रिकेन्ट आदिको खर्च हिसाब गर्दा वर्षमा अन्य गाडी भन्दा फक्सवागनका गाडीबाट प्रशस्तै रकम बचत हुन्छ । फक्सवागनका गाडीमा दुई वर्ष अनलिमिटेड किलोमिटर वारेन्टी हुन्छ । यो अवधिमा सबै खर्च कम्पनीले नै व्यहोर्ने गरेको छ । यसबाट वर्कसपमा पुग्ने र सर्भिसिङ गर्ने समयको समेत बचत हुन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...