नेपालमा बुकिङ र टेस्ट राइडका लागि खुल्ला भयो फक्सवागन अलस्पेस

काठमाडौं – नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनलले फक्सवागन अलस्पेसको बुकिङ र टेस्ट ड्राइभ खुला गरेको छ ।

बेसिक र फुल अप्सन गरी दुई भेरिएन्टमा उपलब्ध हुने सो गाडीको मूल्य क्रमशः १ करोड १८ लाख र १ करोड ५८ लाख रुपैयाँ तोकिएको छ ।

फक्सवागन अलस्पेसमा भएको २ हजार सीसी पेट्रोल इन्जिनले १३२ पीएस पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ । फोर ह्विल ड्राइभका लागि यसमा ७ स्पिड अटोमेटिक ट्रान्समिसन उपलब्ध छ ।

२०१ एमएम ग्राउन्ड क्लियरेन्स भएको सो गाडीलाई स्नो, नर्मल, अफरोड र इन्डिभिजुअल गरी चार ड्राइभिङ मोडमा चलाउन सकिन्छ । लामो दूरीको यात्रामा चलाउनका लागि यसमा प्रशस्तै लगेज स्पेस छ । यसको बुट स्पेसलाई सेन्सरबाटै खोल्न सकिन्छ ।यसको तेस्रो लहरको सिट फोल्ड गर्दा ७ सय लिटर र दोस्रो तथा तेस्रो लहरको सिट फोल्ड गर्दा १ हजार ७७५ लिटर लगेज स्पेस हुन्छ ।

यसको क्याबिनमा डिजिटल मल्टी फङ्सन डिस्प्ले र थ्री जोन क्लाइमेट्रोनिक एसी उपलब्ध छ । त्यसैगरी वरिपरिको क्षेत्र हेर्नका लागि ३६० क्यामेराका साथै अटो पार्क असिस्ट सिस्टम समेत छ ।

त्यसैगरी पुस बटन स्टार्टको प्रयोग गरी भित्रैबाट ढोका खोल्नुका साथै पछिल्लो भाग समेत यही किलेस तरिकाले खोल्न सकिन्छ ।

स्पेसियस र प्रशस्तै लेग रुम सहितको फक्सवागन अलस्पेस नेपाली ग्राहकका लागि नयाँ आकर्षण बन्ने बताइएको छ ।

पूजा इन्टरनेसनलका विभिन्न स्थानमा भएका सोरुमहरुमा गएर यसको टेस्ट ड्राइभ गर्नुका साथै बुकिङ समेत गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...