बाइकमा हिमालय भेगको यात्रा गर्दै भिडियो खिच्दा १ लाख जित्ने अवसर

काठमाडौं – नेपालका लागि क्रसएक्स बाइकको आधिकारिक वितरक बाइकर्स नेपालले आयोजना गर्न लागेको ‘हिमालय भेगको यात्रा २०२१’ अन्तर्गत भिडियो मेकिङ कन्टेस्ट समेत हुने भएको छ ।

काठमाडौं देखि शुरु भएर अपर मुस्ताङ सम्म पुग्दा र फर्किदा लाग्ने ८ दिनको समयमा प्रत्येक राइडरलाई आफ्नो भिडियो बनाउन र सो भिडियो प्रतियोगितामा सहभागी गराउनका लागि आह्वान गरिएको छ । क्रसएक्स मोटरसाइकल र यात्रामा पार्टनरको सहभागी बनेका अन्य कम्पनीका निर्णायकहरुले सो भिडियोको छनोट गर्ने बताइएको छ ।

बाइकर्स नेपालले बाइकमा अपर मुस्ताङको यात्रा गराउनका लागि ‘हिमाली भेगको यात्रा २०२१’ नामक इभेन्टको आयोजना गर्ने भएको छ ।

आगामी मार्च १४ देखि प्रारम्भ भएर मार्च २१ सम्म चल्ने सो यात्रामा १५ बाइक राइडर र ६ जना क्रु मेम्बर हुने छन् ।

पहिलो दिन काठमाडौंबाट प्रस्थान गर्ने राइडर टोली बेनी पुग्ने छ । दोस्रो दिन बेनीबाट स्याङबोचे, तेस्रो दिन स्याङबोचेबाट अपरमुस्ताङ हुँदै चाइना बोर्डर पुग्ने छ भने चौथो दिन अपर मुस्ताङ दृश्यावलोकनको कार्यक्रम हुनेछ ।

पाँचौ दिन अपर मुस्ताङ देखि मुक्तिनाथ, छैटौं दिन मुक्तिनाथबाट तातोपानी र सातौ दिन तातोपानीबाट पोखरा पुग्ने छ । आठौ दिन पोखराबाट टोली काठमाडौं आइपुग्ने छ ।

सो इभेन्टका लागि अफरोड नेपाललगायतका विभिन्न संस्थाले सहयोग गरेका छन् । यसको प्रयोजक हिमालयन बाइकर्स रहेको छ भने लुब्रिकेन्ट पार्टनर इनोक लुब्रिकेन्ट रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...