भेस्पाको हाल सम्मकै सबैभन्दा पावरफुल स्कुटर सार्वजनिक
टु ह्विल निर्माता कम्पनी पियाजियोले हालै नयाँ स्कुटर भेस्पा जीटीभी स्कुटर...
काठमाडौं – नेपालमा भेस्पाका लागि आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालिले ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको परफमेन्स र रिभ्यु गर्ने उद्देश्यले हन्ड्रेड कस्टमर रिक्रियसन राइड आयोजना गरेको छ ।
गत शनिबार भेस्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे बिचसम्म आयोजना गरिएको राइडमा युवाहरुको आकर्षण देखिएको थियो । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड सफल भएको कम्पनीले जनाएको छ । ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेको प्रालिका उपाध्यक्ष विजय महतोले बताए ।
महतोले भेस्पा प्रिमियम प्रोडक्ट भएको बताए । भेस्पा ब्रान्डलाई थप परिचित गराउन पनि राइड सफल भएको उनले बताए ।
राइडमा सहभागी सम्पूर्ण ग्राहकहरु खुसी भएको कम्पनीका मार्केटिङ म्यानेजर करुणा पुडासैनीले बताइन् । भेष्पा प्रिमियम प्रोडक्टप्रति नेपाली ग्राहकको आकर्षण बढिरहेको उनले दाबी गरिन् ।
भेस्पा राइडमा कम्पनीले मनोरन्जनका लागि थ्री लेग गेम, रोप पुलिङ, क्यारी योर पार्टनर रेस, भलिबल र कम्युनिकेसन ग्याप लगायतका खेलहरु आयोजना गरेको थियो । खेलमा सहभागी राइडरहरुलाई विभिन्न उपहार समेत प्रदान गरिएको एमभी दुगड ग्रुपले जनाएको छ ।
टु ह्विल निर्माता कम्पनी पियाजियोले हालै नयाँ स्कुटर भेस्पा जीटीभी स्कुटर...
काठमाडौं – भेस्पा र अप्रिलियाको नयाँ आधिकारिक वितरक नियुक्त भए पश्चात...
काठमाडौं – नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक वितरक दुगड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...