बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
निजी कार पछिल्लो समयमा सेलिब्रिटीहरुका लागि निकै आवश्यकताको कुरा हो । त्यसो त सेलिब्रिटी छबि बनाएका अधिकांश कलाकारहरु निजी कारमा हुँइकिन्छन् । नेपाली लोकदोहोरी क्षेत्रका गायक–गायिकाहरु कस्ता गाडी चढ्छन् त ? नेपाल अटोले यहाँ चर्चा गरेको छ ।
पछिल्लो समय लोकदोहोरी क्षेत्रका संगीतकार तथा गायक हुन्– बसन्त थापा । थापाका सिर्जना अधिकांश हिटको सूचीमा दर्ज छन् । पछिल्लो समयको सालको पात टपरी, खेतमा बोकेझार, हेरिराख मायालु नजरैले, चौतारीको बर लगायतका उनका हिट गीत हुन् । जसमा उनले स्वर तथा संगीत भरेका छन् । साथै बस्नेतका पुराना लोकदोहोरी गीतहरु पनि उत्तिकै हिट छन् । लोकदोहोरी क्षेत्रमा सफल संगीतकार र गायकका रुपमा चिनिने थापा विगत ४ वर्ष यता निसान कम्पनीको ड्याटसन गो गाडी चढ्दै आएका छन् ।
त्यसभन्दा अघि उनी मोटरसाइकलमा यात्रा गर्थे । उक्त गाडी त्यतिबेला २१ लाखमा खरिद गरेको बस्नेत बताउँछन् । यो गाडीमा उनी काठमाडौं देखि पोखरा, बाग्लुङसम्मको यात्रा गरेका छन् । ड्याटसनको लुक्स, पिक अप, माइलेज राम्रो भएकाले यो गाडी लामो समयसम्म चढिरहेको उनी बताउँछन् । ‘अरु गाडीको तुलनामा यो गाडी स्पोर्टी छ,’ उनले भने, ‘यसको माइलेज, लुक्स र पिकअप मैले सोचेभन्दा राम्रो छ ।’
रामजी खाँडले पनि विगत २ वर्षयता ड्याटसनको गो प्लस गाडीमा यात्रा गरिरहेका छन् । उनले यो गाडी २२ लाख ४० हजार रुपैयाँमा खरिद गरेका हुन् । यो गाडी आफैं ड्राइभिङ गरेर नेपाल टुरसमेत गरिसकेको खाँड बताउँछन् । ‘मैले यो गाडी किनेपछि अधिकांश सांगीतिक कार्यक्रममा आफैं ड्राइभिङ गरेर पुग्ने गरेको छु,’ गायन तथा मोडलिङमा व्यस्त उनी भन्छन्, ‘पश्चिम धनगढीदेखि पूर्व इटहरीसम्मको यात्रा गरेको छु ।’ उनले यो गाडी परिवर्तन गर्ने सोच बनाएका थिए तर कोरोनाका कारण लकडाउन सुरु भएकाले अब एक वर्ष यही गाडी चढ्ने निर्णय गरेको उनी बताउँछन् ।
सालको पात टपरीका गायक कुलेन्द्र विश्वकर्मा विगत डेढ वर्ष यता हुन्डाईको आइ २० गाडी चढ्दै आएका छन् । उनले यो गाडी डेढ वर्ष अघि ३७ लाख रुपैयाँमा खरिद गरेका हुन् । यो गाडी लिएपछि उनले बुटवल, पोखरा, पर्वतसम्मको लामो यात्रा गरेका छन् । सालको पात टपरी गीत पछि युवापुस्ताको मन मस्तिष्कमा बस्न सफल यी गायकका यो सँगै जिम्मल बा को आगनीमा, मलाई देखेर, लाउँछ माया लगायतका हिट गीत छन् । साथै उनले छिटै जुनकिरी बोलको गीत आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै छन् । आफैं ड्राइभिङ गर्ने विश्वकर्मा आइ २० को लुक्स, पिकअप, लक्जरियस र चारवटा एयर ब्याग लगायतका विशेषता मनपर्ने बताउँछन् ।
गायिका सुनिता दुलाल करिव ११ वर्षयता निजी कारमा यात्रा गरिरहेकी छिन् । उनले सन् २००९ मा हुन्डाईको आइटेन गाडी किनेकी थिइन् । यो गाडी ६ वर्ष चढेपछि सन् २०१५ मा बेचिन् । त्यसपछि उनी अहिले सुजुकीको सेलेरियो गाडी चढ्दै आएकी छिन् । त्यतिबेला यो गाडी २५ लाखमा किनेको दुलाल बताउँछिन् । उनले हुन्डाई आइ टेन भने १७ लाखमा बेचेकी थिइन् । सुजुकीको सेलेरियोले हाल दुलालको मन जितिरहेको छ । उनलाई यसको लुक्स, सानो भएकाले पार्किङका लागि सहज, अटो गियर लगायतका कुरा मन पर्छन् । यो गाडी लिएपछि उनले काठमाडौंदेखि पोखरा र सिन्धुपाल्चोकको बलेफीसम्मको यात्रा गरेकी छिन् ।
गायिका सम्झना लामिछाने विगत २ वर्ष यता सुजुकी कम्पनीको बलेनो गाडी चढ्दै आएकी छिन् । उनले यो गाडी ३२ लाख ९० हजार रुपैयाँमा खरिद गरेकी हुन् । उनलाई यो गाडीको लुक्स, माइलेज लगायतको विशेषता मनपर्ने बताउँछिन् । उनी काठमाडौं उपत्यकामा आफैं ड्राइभिङ गर्छिन् भने लामो यात्राका लागि ड्राइभर राखेकी छिन् । यो गाडी खरिद गर्नुभन्दा पहिला उनी स्कुटर चढ्थिन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...