अब बाइकमा मोबाइल स्ट्यान्ड राख्न पाइने, यस्तो आयो आदेश
काठमाडौं – राइड सेयरिङ प्रयोगकर्ताहरुले प्रयोग गर्दै आएको मोबाइल होल्डर...
काठमाडौं – बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनले असार मसान्त सम्म अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट राख्न यातायात व्यवस्था विभागले सचेत गराएको छ ।
बागमती र गण्डकीका यातायात कार्यालयहरुबाट इम्बोस्ड नम्बरप्लेट जडानका लागि सबै पूर्वाधार तयार भएको विभागको भनाइ छ। इम्बोस्ड नम्बरप्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको थियो छ। तर, पूर्ण कार्यान्वयन भएको थिएन। विभागले असार मसान्तसम्म सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न अन्मित पटक समय दिएको भन्दै सूचना जारी गरेको छ।
बागमती प्रदेशको ललितपुरस्थित एकान्तकुना र काठमाडौंस्थित जुर्जुधारा तथा गण्डकी प्रदेशको कास्कीस्थित पोखरामा रहेका यातायात व्यवस्था कार्यालयहरूमा इम्बोस्ड नम्बर जडानसम्बन्धी विभागको निर्देशन र संघीय कानून कार्यान्वयनमा नआएकोमा पनि विभागले ध्यानाकर्षण भएको जनाएको छ।
मोटरसाइकललगायत साना-ठूला सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न पनि सवारी साधन धनीहरूलाई विभागले आग्रह गरेको छ।

काठमाडौं – राइड सेयरिङ प्रयोगकर्ताहरुले प्रयोग गर्दै आएको मोबाइल होल्डर...
काठमाडौं – सरकारले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्न...
काठमाडौँ – उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...