चीनमा सवारी साधनको विक्री बढ्यो

चीनमा सवारी साधनको विक्री बढेको छ ।  कोरोना भाइरसको महामारी कारण केही समय शिथिल रहेको चिनियाँ अर्थतन्त्रमा व्यापक सुधार आउन थालेसँगै अटो बजारमा पनि पुनर्बहाली आएको हो ।

चिनियाँ अटोमोबाइल उत्पादक संघका अनुसार अगष्टको तुलनामा सेप्टेम्बरमा सवारी साधनको विक्री ७ दशमलव ४ प्रतिशतले बढेको छ । अगष्टमा पनि मासिक विक्री ११ दशमलव ६ प्रतिशतले बढेको थियो ।  

गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो नौ महीनामा भने विक्री  ६ दशमलव ९ प्रतिशतले घटेको थियो । महामारीका कारण कलकारखाना बन्द हुनु अघि नै चीनमा सवारी साधनको विक्री घटेको थियो ।

अर्थतन्त्रमा आएको सुस्ती र अमेरिकासँगको व्यापार युद्धको चपेटामा अटो क्षेत्र आएको थियो । गत वर्ष पनि सवारी साधनको विक्री ९ दशमलव ६ प्रतिशतले घटेको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...