भिडोल लुब्रिकेन्टको डिलर मिट सम्पन्न, विभिन्न डिलर पुरस्कृत

काठमाडौं – नेपालमा भिडोल लुब्रिकेन्टको आधिकारिक वितरक भीजी ल्युब प्रालिले डिलर मिट सम्पन्न गरेको छ । गत मंगलबार रविभवनस्थित होटल क्राउन इम्पेरियलमा सम्पन्न उक्त डिलर मिटमा लुब्रिकेन्टको नेपाली बजार अवस्था वारेमा विश्लेषण गरिनुका साथै उत्कृष्ट डिलरहरुलाई पुरस्कृत समेत गरिएको थियो । सो अवसरमा भीजी ल्युब प्रालिले भिडोल इन्टरनेसनलका एक्जिक्युटिभ डाइरेक्टर सुनिल वैद्य, मार्केटिङतर्फका एक्जिक्युटिभ डाइरेक्टर कौशिक दत्त र सेल्सतर्फका एक्जिक्युटिभ डाइरेक्टर सुमन्तदास गुप्तालाई स्वागत गरेको थियो । डिलर मिटको अवसरमा भिडोल इन्डिया टिमसँग डिलरहरुले अन्तरक्रिया गर्ने अवसर पाएका थिए । सो अवसरमा भिडोल इन्टरनेसनल बिजनेसका एक्जिक्युटिभ डाइरेक्टर सुनिल वैद्य, भिडोल नेपालका सीईओ विवेक बिजुक्छे र बिजनेस हेड दिनेश खनालले लुब्रिकेन्ट र यसको बजारका वारेमा प्रस्तुतिकरण गरेका थिए । आर्थिक वर्ष २०७६र७७ मा उत्कृष्ट पर्फमेन्स गर्ने डिलरहरुलाई सम्मानित गरिएको थियो । यस अन्तर्गत टु ह्विलरमा शिखर ट्रेडलिंक ललितपुर, थ्री ह्विलरमा बियान्सा सप्लायर्स हेटौडा, पीसीएमओमा सिर्जना अटो सर्भिस धरान, डीईओमा पनि सिर्जना अटो सर्भिस धरान, एफईएममा जगदम्बा बेरिङ सेन्टर विराटनगर, गियर्स एन्ड ट्रान्समिसनमा सिर्जना अटो सेन्टर धरान, ग्रिजमा पनि सिर्जना अटो सेन्टर धरान र जेन्युइन आयलमा जगदम्बा बेरिङ सेन्टर विराटनगर पुरस्कृत भए । अन्य सबै डिलरहरुलाई टोकन अफ लभ प्रदान गरिएको थियो । त्यसैगरी समग्रमा राम्रो गर्नेहरुलाई समेत पुरस्कृत गरिएको थियो । यस अनुसार सिर्जना अटो सर्भिस धरानले गोल्ड बेस्ट पर्फमर अवार्ड, जगदम्बा बेरिङ सेन्टर विराटनगरले सिल्भर बेस्ट पर्फमर अवार्ड र राम जानकी ट्रेडर्स जनकपुरले ब्रोन्ज बेस्ट पर्फमर अवार्ड पाए । बेस्ट इम्प्लोई अवार्ड धरानका सुशिल ताम्राकार र बेस्ट न्यु कमर अवार्ड बियान्सा सप्लायर्स हेटौडालाई प्रदान गरियो । टाइड वाटर आयल कम्पनी (इन्डिया) ले उत्पादन गर्ने भिडोल लुब्रिकेन्ट नेपाली बजारमा सन् २०१६ देखि उपलब्ध छ । भीजी ल्युबले नेपाली बजारमा बिक्री–वितरण गरिरहेको भिडोल लुब्रिकेन्ट सन् १९२८ देखि नै भारतीय लुब्रिकेन्ट बजारमा उपलब्ध छ । विशाल ग्रुप अन्तर्गतको भीजी ल्युबले उपलब्ध गराइरहेको भिडोल लुब्रिकेन्ट मोटरसाइकल, कार, मिनीभ्यान, एसयूभी र कमर्सियल तथा अन्य विभिन्न सवारी साधनमा प्रयोग भइरहेको छ ।  

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...