बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
थाइल्यान्डको प्रख्यात टु ह्विलर टायर भि रबर नेपाली बजारमा भित्रिएको छ । स्पेयर पार्टस् ब्यावसायमा स्थापित एपीआई इन्टरनेश्नलले उक्त टायर नेपाली बजारमा भित्राएको हो । बिगत लामो समयदेखी नेपाली बजारमा कारोबार हुँदै आइरहेपनि पहिलोपटक औपचारिक रुपमा आधिकारिक बिक्रेतामार्फत नेपाल भित्रिएको कम्पनीका नेश्नल सेल्स कोअर्डिनेटर साइराम क्षेत्रीले बताए । उनका अनुसार थाइल्यान्डमा ३७ बर्षदेखी टायर उत्पादन गर्दै आइरहेको भी रबरले बिश्व बजारमै प्रख्यात टायर ब्रान्डको छबी बनाएको छ ।
रबर उत्पादनमा बिश्वकै अग्रणी मानिने थाइल्यान्डबाट यसको उत्पादन शुरुवात भएका कारण यो टायरको गुणस्तर अब्बल रहेको उनले जिकिर गरे । उनले भने, ‘यो टायरमा कम्पनीले अत्याधुनिक प्रबिधी र गुणस्तरिय कच्चापदार्थ प्रयोग गरेको छ । जसका कारण हाल बजारमा उपलव्ध अन्य ब्रान्डको तुलनामा यो गुणस्तरिय, बलियो र टिकाउ छ ।’
भी रबरले भारतबाट समेत उत्पादन थालेका कारण पहिलो चरणअन्तर्गत भारतबाट आयत थालिएको क्षेत्रीले बताए । यद्यपि डर्ट आर्थत अफरोड बाइकका लागि आबश्यक पर्ने टायर भने थाइल्यान्डबाटै आयत गरीने उनको भनाई छ । यो सेग्मेन्टमा भि रबरको पकड बिश्वभर राम्रो रहेको र निकट भबिष्यमै नेपालमा समेत स्थापित हुने उनले बताए । भारतमा उत्पादन थालेपछि बिभिन्न टु ह्विलर कम्पनीहरुले यसलाई ओइएमका रुपमा प्रयोग गर्न थालेको र नेपाली बजारमा उपलव्ध अप्रिलिआ स्ट्रोममा यो कम्पनीबाटै लागेर आइरहेको उनले जानकारी गराए ।
गुणस्तरमा अब्बल भैकन पनि यसको मूल्य भने औषतमा रहेको छ । कम्पनीले यसमा २ बर्षको वारेन्टि सेवा उपलव्ध गराउने बताएको छ । यो टायर नेपालभर बिक्रीबितरण गरिनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...