बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– यतिबेला जावलाखेलदेखि कुपण्डोलसम्मका सडकका किनारामा हरियो रङ पोतिएको देखिन्छ । कतिपयलाई यो दृश्यले अचम्मित पार्न सक्छ । उक्त हरियो रङ पोतिएको भाग ललितपुर महानगरपालिकाले बनाएको साइकल लेन हो ।
महानगरलाई साइकलमैत्री बनाउने योजना अन्तर्गत महानगर भित्रका मूल सडक तथा प्रमुख सहायक सडकमा हरियो रङ पोतेर साइकल लेन छ्ुट्याइएको छ । नेपाल साइकल सोसाइटीको संयोजनमा ललितपुर महानगरपालिकाले साइकल लेन सञ्चालनमा ल्याएको हो ।
यसो त केही दिनयता ललितपुर महानगरभित्रका सडकमा साइकल चालकहरु निर्वाध रुपमा साइक्लिङ गरिरहेको देखिन्छन् । यसले साइकलमा यात्रा गर्नेहरुलाई सुरक्षा दिनुका साथै साइकल यात्रीले ढुक्कसँग यात्रा गर्न पाउने नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठ बताउँछन् ।
महानगरलाई साइकलमैत्री बनाउने योजना अन्तर्गतको पहिलो चरणको जावलाखेल, पुल्चोक, कुपण्डोल र मंगलबजारसम्म साइकल लेन बनाइसकेको श्रेष्ठले बताए । ‘हामीले साइकल लेनको पहिलो चरणको काम गरिसकेका छौं,’ उनले भने, ‘अब दोस्रो खण्डको काम पनि छिट्टै सुरु गरिने छ । पहिलो चरणमा कुपन्डोलदेखि जावलाखेलसम्म र लगनखेलदेखि मंगलबजारसम्म साइकल लेन सञ्चालनमा आइसकेको छ ।’
एक वर्ष पहिलाबाटै सुरु भएको साइकल लेन विभिन्न कारणले गर्दा ढिलो हुन पुगेको ललितपुर महानगरले जनाएको छ । कोरोना महामारी र हरियो रङको अभावका कारण साइकल लेन बनाउन ढिलाई भएको नेपाल साइकल सोसाइटीका उपाध्यक्ष तथा साइकल लेनका डिजाइनर सोमराज राना बताउँछन् । ‘साइकल बन्न निर्धारित समय भन्दा केही ढिलो भयो,’ उनले भने, ‘कोरोना महामारी र हरियो रङको अभावका कारण समयमै काम सकिएन ।’
यसरी बन्यो ललितपुरमा साइकल लेन
सोमराज रानाले हङकङ युनिभर्सिटीबाट काठमाडौंमा साइकललाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा थेसिस गरे । त्यो दौरानमा उनले काठमाडौं उपत्यकामा साइकललाई प्रवद्र्धन गर्न सकिने सम्भावना देखे । त्यसपछि उनी नेपाल आएर काठमाडौं महानगर र ललितपुर महानगरका मेयरसँग कुराकानी गरे । उनको कुरामा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन आकर्षित भए । महर्जन पनि ललितपुरलाई साइकलमैत्री बनाउने कुरामा सकारात्मक भएपछि नेपाल साइकल सोसाइटीको तर्फबाट त्यसको योजना र लाग्ने खर्चको प्रस्ताव महानगरलाई दिइयो । त्यसपछि महानगरले उक्त कुरालाई आफ्नो योजनामा राख्यो । त्यसपछि साइकल लेनको काम सुरु भएको राना बताउँछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...