नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का

काठमाडौं - लामो समयदेखि प्रतीक्षामा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारका लागि ठेकेदार कम्पनी छनोट भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले चिनियाँ र नेपाली कम्पनीको संयुक्त उपक्रम र युसिन–एआरटीलाई यसको जिम्मेवारी दिने निर्णय गरेको हो ।

आयोजनाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै चिनियाँ कम्पनी चोङकिङ युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट र नेपाली कम्पनी ‘एआरटी कन्स्ट्रक्सन’ को जेभीलाई छनोट गरिएको जनाएको छ । यो कम्पनीले २.६५ किलोमिटर लामो सुरुङमार्गको आगामी ५ वर्षसम्म सञ्चालन र मर्मतसम्भार गर्नेछ ।

युसिन–एआरटी जेभीले भ्याट र प्रोभिजलनल सहित कुल १ अर्ब १० करोड ४० लाख ३७ हजार ८ सय रुपैयाँमा ठेक्का पाएको हो । यो रकम सरकारी लागत अनुमानभन्दा करिब ४० प्रतिशत कम हो । सम्झौताअनुसार कम्पनीले वार्षिक औसत २२ करोड रुपैयाँमा सुरुङमार्गको सञ्चालन, प्राविधिक व्यवस्थापन र मर्मतसम्भारको काम गर्नुपर्नेछ ।

यसअघि आयोजनाले सन् २०२५ नोभेम्बर २ मा बोलपत्र आह्वान गरेको थियो । प्राप्त बोलपत्रहरूमध्ये सबैभन्दा कम रकम प्रस्ताव गर्ने यो कम्पनीलाई आशयको सूचना जारी गरिएको हो ।
एक साताभित्र सम्झौताका लागि आह्वान

आयोजनाले छनोट भएको कम्पनीलाई ठेक्का सम्झौताका लागि सात दिनभित्र सम्पर्क गर्न बोलाएको छ । सम्झौता भएपछि कम्पनीले सुरुङमार्गभित्रका उपकरणहरूको सञ्चालन, सुरक्षा व्यवस्थापन, ट्राफिक नियमन, र नियमित मर्मतसम्भारको जिम्मेवारी सम्हाल्नेछ ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको पहिलो यातायात सुरुङमार्ग हो, जसले काठमाडौं प्रवेश गर्ने सवारी साधनहरूको यात्रा समय र इन्धन खपतमा उल्लेख्य बचत गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

आज देखि पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द

आज देखि पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि...

हालसम्म सरकारले बनायाे ३४ हजार दुई सय ६७ किलोमिटर सडक

हालसम्म सरकारले बनायाे ३४ हजार दुई सय ६७ किलोमिटर सडक

काठमाडौं – आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार हालसम्म सङ्घीय सरकारबाट...

मनपरी भाडा असुल्छन् पोखरा-बेनी सडक खण्डमा ट्याक्सी चालक

मनपरी भाडा असुल्छन् पोखरा-बेनी सडक खण्डमा ट्याक्सी चालक

म्याग्दी- पोखरा जानका लागि मङ्गलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...