अन्डरग्राउन्ड पार्किङलाई पार्किङमै प्रयोग गर्न महानगरपालिकाको निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाको शहरी व्यवस्थापन विभागले अन्डरग्राउन्ड पार्किङका लागि गराइएका भवनहरुमा पार्किङ भन्दा अन्य प्रयोजनका लागि प्रयोग नगर्न निर्देशन दिएको छ ।

शहरी व्यवस्थापन विभागले एक सूचना जारी गर्दै (भवन निर्माण इजाजत विभाग) बाट जमिन तल, वेसमेन्टमा गाडी पार्किङ जस्ता प्रयोजनका लागि नक्सा स्वीकृत गरिएका भवनहरुले भवनको निर्माण सम्पन्र पश्चात् प्रयोगमा ल्याउन अपिल गरेको छ ।

विभागले केही भवनहरुले स्वीकृत नक्सा बमोजिम बेसमेन्ट, गोदाम, र जमिन तल्लामा नक्सा स्वीकृत बमोजिम प्रयोग नगरी अन्य प्रयोजनमा प्रयोग गरेको हुँदा सूचना प्रकाशित गरिएको ३५ दिन भित्र काठमाडौं महानगरपालिकामा नक्सा स्वीकृत गरे अनुसारको प्रयोजनमा ल्याउन जानकारी दिएको छ ।

उक्त विषयमा काठमाडौं महानगरपालिका नगरप्रमुख बालेन्द्र साहले ‘अन्डरग्राउन्ड पार्किङका लागि अनुमति लिएर नक्सा पास गराइएका भवनहरुमा पार्किङ भन्दा अन्य प्रयोजनका लागि प्रयोग भइरहेका जानकारी तथा गुनासोहरु आएका छन् । महानगरले यो सम्बन्धी सूचना जारी गरेको छ ।अन्डरग्राउन्ड पार्किङमा मात्रै होइन, जे कुरा जुन प्रयोजनका लागि भनेर बनाइएका छन्, अनुमति लिइएका छन्, तिनलाई आपतकालिन वा अति विशेष बाहेकको अवस्थामा अन्य काममा प्रयोग गर्नु गैरकानुनी हो । त्यस्तो नगरौँ । महानगर व्यवस्थापनमा सबै जिम्मेवार बनौँ ।’ भन्दै सामाजिक सञ्जाल मार्फत एक स्टाटस लेखेका छन् ।

त्यसैगरी उक्त विषयमा महानगरीय ट्राफिक प्रहरी कार्यालयले हिजो पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै सवारी पाकिङ्गको समस्यालाई छिटोभन्दा छिटो हल गर्ने बताएको थियो ।

सम्बन्धित समाचारहरू

चीनद्वारा एआईमा आधारित ट्राफिक प्रहरी रोबोट सञ्चालन

चीनद्वारा एआईमा आधारित ट्राफिक प्रहरी रोबोट सञ्चालन

चीनले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित ट्राफिक प्रहरी रोबोट...

इम्बोस्ड नम्बर प्लेटमा गलत बुझाई : साउन देखि नयाँ र नामसारी भएका सवारीलाई मात्र अनिवार्य

इम्बोस्ड नम्बर प्लेटमा गलत बुझाई : साउन देखि नयाँ र नामसारी भएका सवारीलाई मात्र अनिवार्य

काठमाडौं – इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको सम्बन्धमा यातायात...

ललितपुरका सडकमा २४सै घण्टा चल्ने स्मार्ट ट्राफिक लाइट : ट्राफिक प्रहरीको बोझ घट्दै

ललितपुरका सडकमा २४सै घण्टा चल्ने स्मार्ट ट्राफिक लाइट : ट्राफिक प्रहरीको बोझ घट्दै

ललितपुर महानगरपालिका भित्रका मुख्य सडक चोकहरूमा जडान गरिएको कृत्रिम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...