यी नयाँ फिचर थप भएर आउँदै टिगोर इभी

टाटा मोटर्सले टिगोर इभीमा फिचर अपडेट गर्ने भएको छ । यो नयाँ अपडेटेड इभी केही दिनपछि सार्वजनिक हुने वताइएको छ । टाटाले पछिल्लो समय सार्वजनिक गरेको सस्तो र सानो इभी टियागोमा भन्दा पनि कम फिचर्स उपलब्ध भएपछि टिगोरमा फिचर थप गर्न लागिएको हो ।

यो नयाँ भर्सनमा टाटा मोटर्सले क्रुज कन्ट्रोल समेत दिने जनाएको छ । जुन फिचर हाल उपलब्ध नेक्सन इभी प्राइममा समेत उपलब्ध रहेको छैन । क्रुज कन्ट्रोल वाहेक यसमा लेदर अपहलेस्ट्री, अटोमेटिक हेल्याम्प, रेन सेन्सिङ वाइपर र मल्टिपल रिजेनेरेशन मोड समेत थप हुनेछन् ।

नेपाली बजारमा समेत उपलब्ध टिगोर इभीमा २६ किलोवाट आवर क्षमताको व्याट्री जडान गरिएको छ । जसलाई एकपटक फुल चार्ज गर्दा ३०६ किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यो इलेक्ट्रिक कम्प्याक्ट सेडानको पावर ७४.७ पिएस र टर्क १७० एनएम रहेको छ ।

सम्बन्धित समाचारहरू

मर्सिडिज वेन्ज जस्तै देखिने विद्युतीय एसयूभी ‘साइबर एक्स’ ल्याउँदै एमजी, यस्तो हुनेछ विशेषता

मर्सिडिज वेन्ज जस्तै देखिने विद्युतीय एसयूभी ‘साइबर एक्स’ ल्याउँदै एमजी, यस्तो हुनेछ विशेषता

काठमाडौं –एमजी मोटरले आफ्नो नयाँ मोडल साइबर एक्सलाई आगामी दुई वर्षभित्र...

नेपाल आउने अवतार ईभीको मूल्य १ करोड ४५ लाख रुपैयाँ हुने

नेपाल आउने अवतार ईभीको मूल्य १ करोड ४५ लाख रुपैयाँ हुने

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने अवतार ईभीको मूल्य १ करोड ४५ लाख...

चीनले सन् २०३५ सम्म ग्यासोलिन पावर्ड कार फेज आउट गर्ने

चीनले सन् २०३५ सम्म ग्यासोलिन पावर्ड कार फेज आउट गर्ने

चीनले सन् २०३५ सम्म ग्यासोलिन पावरबाट चल्ने सबै कार फेज आउट गर्ने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...