नयाँ फिचर सहित रेनो ट्राइबर उपलब्ध

फ्रान्सको कार निर्माता कम्पनी रेनोले भारतीय बजारमा लोकप्रिय एमपीभी ट्राइबर नयाँ अवतारमा प्रस्तुत गरेको छ । सबैभन्दा सस्तो एमपीभीमा परिचित सो कारको नयाँ मोडलको सुरुवाती मूल्य ५ लाख ३० हजार भारु रहेको छ । रेनो ट्राइबरको लुक र फिचर अपडेट गरिएको छ ।

रेनो ट्राइबर ४ भेरिएन्ट आरएक्सई, आरएक्सएल, आरएक्सटी र आरएक्सजेडमा सार्वजनिक गरिएको छ । सो कारको टप भेरिएन्टको मूल्य ७ लाख ६५ हजार भारु रहेको छ । यद्यपि टप भेरिएन्ट आरएक्सईमा म्यानुअल ट्रान्समिसनको साथमा उपलब्ध गराइएको छ । अन्य तीन भेरिएन्टमा म्यानुअल र अटोमेटिक दुबैको विकल्प रहेको छ । कम्पनीले यसको मूल्यमा केही परिवर्तन गरेको छैन ।

कम्पनीका अनुसार नयाँ ट्राइबरको लुक र फिचर पुरानो मोडलको तुलनामा निकै आकर्षक रहेको छ । सो कारमा स्टेयरिङ ह्विल माउन्टेड अडियो र फोन कन्ट्रोल, ड्राइभर सिट हाइट एडजस्ट, कलर अप्सनमा ड्युअल टोन एक्सटेरियर, विङ मिररमा एलईडी टर्न इन्डिकेटर र नयाँ बडी कलर सिडर ब्राउन समावेश रहेको छ ।

नयाँ एमपीभीमा ६२५ लिटरको बुट स्पेस रहेको छ । रेनो ट्राइबरको टप भेरिएन्टमा ४ एयरब्याग रहेको छ । सो कारमा सिंगल पावरट्रेनको विकल्पमा १.० लिटर, ३ सिलिन्डर युनिट प्रयोग गरिएको छ । सो इन्जिनले ७० बीएचपीको पावर र ९६ एनएमको टर्क जेनेरेट गर्छ ।

सम्बन्धित समाचारहरू

रेनोको राइड विथ काइगर सम्पन्न, काइगर एसयूभी पुगे धुलिखेल

रेनोको राइड विथ काइगर सम्पन्न, काइगर एसयूभी पुगे धुलिखेल

काठमाडौं – रेनोको हालै नेपाली बजारमा भित्रिएको गाडी काइगर एसयूभीको -याली...

रेनो क्विड तीन भेरिएन्टमा उपलब्ध : यस्तो छ नेपाली बजारमा रेनोका विभिन्न मोडलको मूल्य

रेनो क्विड तीन भेरिएन्टमा उपलब्ध : यस्तो छ नेपाली बजारमा रेनोका विभिन्न मोडलको मूल्य

काठमाडौं – नेपाली बजारमा रेनोका विभिन्न मोडल बिक्री भइरहेका छन् । नेपालका...

चाइनिज ब्रान्ड प्यासेन्जर भेइकल निर्यातमा चेरीको नयाँ कीर्तिमान

चाइनिज ब्रान्ड प्यासेन्जर भेइकल निर्यातमा चेरीको नयाँ कीर्तिमान

नोभेम्बर महिनामा चेरी ग्रुपको सेल्स भोल्युम १ लाख ५३१ युनिट पुगेको छ, जुन १...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...