रेनोले डस्टर एसयूभीको नेक्स्ट जेनेरेसन मोडल ल्याउदै
रेनोले लोकप्रिय एसयूभी डस्टरको नेक्स्ट जेनरेसन मोडल र नयाँ ७ सिटर एसयूभी...
फ्रान्सको कार निर्माता कम्पनी रेनोले भारतीय बजारमा लोकप्रिय एमपीभी ट्राइबर नयाँ अवतारमा प्रस्तुत गरेको छ । सबैभन्दा सस्तो एमपीभीमा परिचित सो कारको नयाँ मोडलको सुरुवाती मूल्य ५ लाख ३० हजार भारु रहेको छ । रेनो ट्राइबरको लुक र फिचर अपडेट गरिएको छ ।
रेनो ट्राइबर ४ भेरिएन्ट आरएक्सई, आरएक्सएल, आरएक्सटी र आरएक्सजेडमा सार्वजनिक गरिएको छ । सो कारको टप भेरिएन्टको मूल्य ७ लाख ६५ हजार भारु रहेको छ । यद्यपि टप भेरिएन्ट आरएक्सईमा म्यानुअल ट्रान्समिसनको साथमा उपलब्ध गराइएको छ । अन्य तीन भेरिएन्टमा म्यानुअल र अटोमेटिक दुबैको विकल्प रहेको छ । कम्पनीले यसको मूल्यमा केही परिवर्तन गरेको छैन ।
कम्पनीका अनुसार नयाँ ट्राइबरको लुक र फिचर पुरानो मोडलको तुलनामा निकै आकर्षक रहेको छ । सो कारमा स्टेयरिङ ह्विल माउन्टेड अडियो र फोन कन्ट्रोल, ड्राइभर सिट हाइट एडजस्ट, कलर अप्सनमा ड्युअल टोन एक्सटेरियर, विङ मिररमा एलईडी टर्न इन्डिकेटर र नयाँ बडी कलर सिडर ब्राउन समावेश रहेको छ ।
नयाँ एमपीभीमा ६२५ लिटरको बुट स्पेस रहेको छ । रेनो ट्राइबरको टप भेरिएन्टमा ४ एयरब्याग रहेको छ । सो कारमा सिंगल पावरट्रेनको विकल्पमा १.० लिटर, ३ सिलिन्डर युनिट प्रयोग गरिएको छ । सो इन्जिनले ७० बीएचपीको पावर र ९६ एनएमको टर्क जेनेरेट गर्छ ।
रेनोले लोकप्रिय एसयूभी डस्टरको नेक्स्ट जेनरेसन मोडल र नयाँ ७ सिटर एसयूभी...
फ्रान्सको कार निर्माता कम्पनी रेनोले पहिलो इलेक्ट्रिक एसयूभी मेगेन ई–टेक...
फ्रेन्च अटो निर्माता रेनोले जर्मनीको म्युनिख सहरमा आयोजन हुने मोटर सोमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...