बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हालै भारतमा केटिएमले २०२१ मोडलको ड्युक १२५ लन्च गरेको छ । जसको मूल्य १ लाख ५० हजार भारु तोकिएको । केटीएमले सन् २०१२ देखी भारतमा प्रिमियम सेगमेन्ट अन्तर्गत बिभिन्न मोडलका बाइक उत्पादन गर्दै आइरहेको छ । सन् २०१८ मा पहिलो पटक लन्च गर्दा ड्युक १२५ को मुल्य १ लाख १८ हजार रुपैँया कायम गरिएको थियो । तर अहिले पुरानो मुल्यमा भारु ३२ हजार बढेर आएको छ । नयाँ बाइकमा यी ५ विशेषता रहेका छन् ।
१. न्यु लुक्स तथा स्टाइल
यो बाइकको लुक्स तथा डिजाइन हाल उपलब्ध ड्युक २०० संग मिल्दोजुल्दो छ । सो बाइकमा शार्प हेडल्याम्प रहेको छ । यसको फ्युुल ट्याङक र टेल सेक्शन पनि पहिलाको तुलनामा अपटेड गरिएको छ । सो बाइकको फ्युल ट्याङ क्षमता १३.५ लिटरको रहेको छ । केटीएमले १२५ सीसी बाइकको लागि दुई नयाँ फ्रेम स्किम पेश गरेको छ । जसको नाम इलेक्ट्रोनिक आरेन्ज सेरामिक ह्वाइट रहेको छ ।
२. फिचर
नयाँ केटीएम १२५ ड्युकमा हेलोजन हेडल्याम्प, राइडर पिलियन सिट र एर्गानामिक्सको सुविधा रहेको छ । सो बाइकमा ड्युक २०० मोडलमा जस्तै हेडल्याम्प, बडी प्यानल, फ्युल ट्याङक र एलसीडी प्यानल समावेश गरिएको छ । बाइकमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पनि समावेश गरिएको छ ।
साथै यसमा नयाँ स्प्लिट टाइप ट्रेलिस फ्रेममा बनाइएको छ । नयाँ ड्युक १२५ लाई सस्पेन्शन सेटअपमा अपसाइड डाउन डब्लुपी फ्रन्ट फोक्र्स र रियरमा डब्लुपी मोनोशक उपलब्ध रहेको छ । यसमा सिंगल च्यानल एबीएस पनि उपलब्ध रहेको छ ।
३. इन्जिन
नयाँ बाइकमा १२५ सीसीको लिक्विड कुल्ड फ्युल इन्जेक्टेड इन्जिन समावेश गरिएको छ । सो इन्जिनले १४.५ पीएसको पावर र १२ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकमा ६ स्पिड गियरबक्सको ट्रान्समिशन रहेको छ ।
४. मूल्य र प्रतिस्पर्धा
केटीएम १२५ ड्युकको प्रतिस्पर्धी एमटी–१५ रहेको छ । जसको मूल्य १ लाख ३९ हजार भारु रहेको छ । यद्यपी यामाहा एमटीमा भने हेडल्याम्पको लागि फुल एलईडी, एलसीडि, ड्युल च्यानल एबीएस जस्ता अतिरिक्त विशेषता उपलव्ध छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...