यस्ता छन् २०२१ मा रोयल इन्फिल्डका लन्च हुने नयाँ बाइकहरु

आईफोन र आईम्याक जस्तै रोयल इन्फिल्ड बाइक पनि युवाहरु माझ आइकन बनेको छ । गुड लुक र राइडको लागि रोयल इन्फिल्ड आइडियल अप्सन बनेको छ । २०२१ मा रोयल इन्फिल्डको यी नयाँ बाइकहरु लन्च हुने भएको छ ।

मेटियर
रोयल इन्फिल्डले यो वर्ष नयाँ बाइक लन्च गर्ने योजना बनाएको छ । यो वर्ष कम्पनीले ४ नयाँ रोयल इन्फिल्ड बाइक लन्च गर्ने भएको छ । कम्पनीले २०२१ मा पहिलो प्रोडक्टको रुपमा मेटियर लन्च गरिसकेको छ । सो बाइकको अनुमानित मूल्य १ लाख ७७ हजार देखि २ लाख २ हजार एक्स शोरुम मूल्य रहेको छ ।

हिमालयन
२०२१ रोयल इन्फिल्ड हिमालयनमा कुनै विशेष परिवर्तन गरिएको छैन । सो बाइकको फ्रन्टमा न्यू फ्रेम, माउन्ट जेरी क्यास, न्यू एक्सटेरियर कलर अप्सन पनि समावेश गरिनेछ । नयाँ रोयल इन्फिल्ड हिमालयनमा ट्रिपर पोड पनि समावेश गरिने छ । सो बाइकको मूल्य १ लाख ६६ हजार देखि १ लाख ८० हजार एक्स शोरुम मूल्य भारु हुनेछ ।

क्लासिक ३५०
रोयल इन्फिल्ड क्लासिक ३५० भारतमा निकै लोकप्रिय बाइक मध्ये एक हो । होन्डा हाईनेस सीबी ३५०सँगको प्रतिस्पर्धा पछि सो बाइकमा केही परिवर्तन गरिने अनुमान गरिएको छ । सो बाइकको मुख्य हाइलाइट नयाँ जे प्लेटफर्म हुनेछ । सो बाइकको अनुमानित एक्स शोरुम मूल्य १ लाख ७० हजार भारु रहेको छ ।

हन्टर ३५०
रोयल इन्फिल्डले गएको वर्ष हन्टर नामको ट्रेडमार्क गरिएको थियो । सो बाइक चाँडै लन्च हुने अनुमान गरिएको छ । सो बाइकमा ३४९ सीसीको इन्जिन समावेश गरिएको छ जसको लुक इन्टरसेप्टर जस्तो देखिनेछ । जसले २० बीएचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकको अनुमानित मूल्य १ लाख ६० हजार देखि १ लाख ८० हजार एक्स शोरुम मूल्य हुनेछ ।

क्रुजर ६५०
रोयल इन्फिल्ड क्रुजर ६५० मा मेटियर समान स्टाइल एलिमेन्ट्स हुने अनुमान गरिएको छ । सो बाइकमा ६४८ सीसीको इन्जिन समावेश गरिनेछ, जसले ४७ बीएचपीको पावर र ५२ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकमा एक डिजिटल टेकोमिटरको साथमा ड्युअल च्यान एबीएस जस्ता फिचर हुनेछ । सो बाइकको अनुमानित मूल्य १ लाख ८० हजार देखि ३ लाख ५० हजार भारु हुनेछ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...