नीति तथा कार्यक्रममार्फत मेयर साहको घोषणा : रिभर्स बोरिङ सहितको भूमिगत पार्किङ बनाइने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंमा पार्किङ समस्या समाधानका लागि विभिन्न कार्य गरिने बताएका छन् ।

काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशनमा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममार्फत उनले सो घोषणा गरेका हुन् ।

काठमाडौं महानगरपालिकामा रहेको सवारी साधन पार्किङको समस्या समाधानका लागि एक अध्ययन टोली गठन गर्ने कुरा नीति तथा कार्यक्रममा रहेको छ । मेयर साहले सो अध्ययन टोलीले दिएको प्रतिवेदनको आधारमा खुला प्रस्ताव आह्वान गरी प्रतिस्पर्धात्मक विधिबाट सवारी साधन पार्किङको व्यवस्थापन गरिने बताए ।

बढ्दो सवारी चापलाई मध्यनजर गरी महानगरपालिकाको वडा नम्बर ११ मा रहेको खुल्लामञ्चसँगैको जग्गामा रिभर्स बोरिङसहितको भूमिगत पार्किङका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने कुरा पनि नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको छ । मेयर साहले फुटपाथमा पसल राख्ने कार्यलाई निषेध गर्न निश्चित स्थान र समय तोकि बजार व्यवस्थापन गर्ने बताए ।

सम्बन्धित समाचारहरू

अब १५० सीसीका मोटरसाइकल समेत आयात गर्न नपाइने, लम्बियो प्रतिबन्ध

अब १५० सीसीका मोटरसाइकल समेत आयात गर्न नपाइने, लम्बियो प्रतिबन्ध

काठमाडौं – अब १५० सीसी सम्मका मोटरसाइकल समेत आयात गर्न नपाइने भएको छ ।...

करोडौंका सवारी साधन छन् प्रहरी परिसरमा, लिलामीमा किन्न पाइने

करोडौंका सवारी साधन छन् प्रहरी परिसरमा, लिलामीमा किन्न पाइने

काठमाडौं – विभिन्न जिल्लाका प्रहरी कार्यालय परिसरमा देखिने करोडौ मूल्यका...

उपत्यकाका तीनै जिल्लाबाट ट्राफिक सचेतना कक्षा सुरु हुने

उपत्यकाका तीनै जिल्लाबाट ट्राफिक सचेतना कक्षा सुरु हुने

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...