टप स्पिड २६५ किलोमिटर भएको इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक

भारतको ईभी स्टार्टअप कम्पनी अल्ट्राभ्वाइलेटले इक्मा टु–ह्विलर शोमा नयाँ रेसिङ मोटरसाइकलको कन्सेप्ट सार्बजनिक गरेको छ । एफ ९९ को अपडेटेड भर्सनका रुपमा आउने सो नयाँ इलेक्ट्रिक मोटरसाइकलसंगै उसको यूरोप यात्रा सुरु हुने कम्पनीको भनाई छ ।

दुई वर्ष लगाएर तयार पारिएको सो नयाँ कन्सेप्टको अधिकांश बडी पार्ट्स कार्बन फाइवरबाट निर्माण गरिएको छ । साथै यसमा एयर विन्डशिल्डको साथ एक्टिभ एरोडाइनामिक लुक्स दिइएको छ । एयर ब्लेड फिचर समेत दिइएको एफ ९९ कन्सेप्टको तौल १७८ किलोग्राम रहेको छ । अल्ट्राभ्वाइलेटले यसलाई ४०० भोल्ट ब्याट्री आर्किटेक्चरमा तयार पारेको हो ।

सन् २०२५ देखी उत्पादन हुने अनुमान गरिएको सो नयाँ कन्सेप्टमा ९० किलोवाट पिक पावर भएको लिक्वड कुल्ड मोटर जडान गरिएको छ । रेसिङ थिममा तयार पारिएको एफ ९९ ले स्टार्ट गरेको ३ सेकेन्डमै शून्यदेखी १०० किलोमिटर प्रतिघण्टाको गती पकड्ने दावी गरिएको छ । साथै यसको टप स्पिड २६५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...