गाडीमा प्रयोग हुने गियरबक्स : यस्तो छ प्रकार

गियरबक्स बिनाको गाडी कल्पना गर्नै सकिदैन । ड्राइभिङको अनुभव सीधै गियरबक्ससँग सम्बन्धित हुन्छ । यसले इन्जिनलाई सहज तरिकाले चलाउन सहयोग गर्छ ।

गियरबक्स कति प्रकारको हुन्छ र यसले कसरी काम गर्छ भन्ने वारेमा सामान्य जानकारी प्रस्तुत गरिएको छ ।

१. म्यानुअल गियरबक्स
म्यानुअल गियरबक्स प्रायः कम मूल्यको गाडीमा प्रयोग हुन्छ । यसमा चालक आफैंले गियर स्टिकको सहायताले गियर परिवर्तन गर्छ । यसमा चालकले क्लच प्याडल प्रयोग गरेर गियर परिवर्तन गर्नु पर्छ ।

गियरबक्स बिनाको गाडी कल्पना गर्नै सकिदैन । ड्राइभको अनुभव सीधै गियरबक्ससँग सम्बन्धित हुन्छ । गियरबक्स कति प्रकारको हुन्छ र यसले कसरी काम गर्छ यसको बारेमा केही बुझौं ।

२. अटोमेटिक गियरबक्स
अटोमेटिक गियरबक्समा गियर परिवर्तन गर्न क्लचको सट्टा हाइड्रोलिक फ्लुइड कपलिंक र टर्क कन्भर्टर प्रयोग गरिन्छ । हाइड्रोलिक फ्लुइड कपलिंक सिधै इन्जिनसँग जोडिएको हुन्छ, जसले ट्याप गर्दा गियरहरू परिवर्तन हुन्छ ।

३. अटोमेटिक म्यानुअल ट्रान्समिसन (एएमटी)
अटोमेटिक म्यानुअल ट्रान्समिसन गियरबक्सलाई सेमी–अटोमेटिक गियरबक्स पनि भनिन्छ । यसमा रेग्युलर क्लच र गियर कन्फिगरेसन प्रयोग हुन्छ, यसको साथै सेन्सर, एक्चुएटर, प्रोसेसर र न्युमेटिक पनि प्रयोग हुन्छ ।

४. कन्टिन्युस्ली भेरिएबल ट्रान्समिसन (सीभीटी)
कन्टिन्युस्ली भेरिएबल ट्रान्समिसन गियरबक्स महँगो सवारी साधनमा प्रयोग गरिन्छ । जहाँ स्टिल गियरको सट्टा बेल्ट वा पुलीको प्रयोग गरिन्छ । सो गियरबक्समा गियर परिवर्तन गर्न कैयौ प्रकारको रेशियोको प्रयोग गरिन्छ । गियर रेशियो इन्जिन स्पिड र आरपीएममा निर्भर हुन्छ ।

५. ड्युअल क्लच ट्रान्समिसन (डीसीटी)
ड्युअल क्लच ट्रान्समिसन (डीसीटी) गियरबक्सलाई अटोमेटिक र म्यानुअल ट्रान्समिसनको संयोजन भन्न सकिन्छ । यद्यपि यसमा टर्क कन्भर्टरको कमी देखिन्छ । सो गियरबक्समा टर्क कन्भर्टरको सट्टामा गियर परिवर्तन गर्नको लागि क्लचसहित दुईवटा छुट्टै शाफ्टहरू उपलब्ध हुन्छ ।

६. इन्टेलिजेन्ट म्यानुअल ट्रान्समिसन (आईएमटी)
इन्टेलिजेन्ट म्यानुअल ट्रान्समिसन गियरबक्स लक्जरी कारमा देख्न सकिन्छ । सो गियरबक्समा क्लच इनपुटको आवश्यक पर्दैन । यसमा ड्राईभरले कहिले गियर परिवर्तन गर्दैछ भन्ने जानकारी ट्रान्समिसन कन्ट्रोल युनिटलाई दिन्छ ।

सम्बन्धित समाचारहरू

मेकानिक्सका समस्या समाधानमा लाग्ने मुख्यमन्त्री पाण्डेको प्रतिवद्धता, अध्यक्षमा बुढाथोकी

मेकानिक्सका समस्या समाधानमा लाग्ने मुख्यमन्त्री पाण्डेको प्रतिवद्धता, अध्यक्षमा बुढाथोकी

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सहरलाई सफा...

यी हुन् टप १० आयल फिल्टर ब्रान्ड

यी हुन् टप १० आयल फिल्टर ब्रान्ड

सवारी साधनमा इन्जिनको सुरक्षाका लागि आयल फिल्टर प्रयोग गरिन्छ । आयल...

आइशर पर्फमर च्याम्पियनको उपाधी नेपाललाई

आइशर पर्फमर च्याम्पियनको उपाधी नेपाललाई

काठमाडौं– कमर्सियल भेइकल उत्पादक आइसरले हरेक वर्ष मनाउने ‘पर्फमर अफ द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...