आईक्युब भन्दा सस्तो मोडल ल्याउँदै टीभीएस, यस वर्ष दुई नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने

टीभीएस मोटर कम्पनी नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारीमा रहेको छ । कम्पनी पछिल्ला चार महिनादेखि भारतीय इलेक्ट्रिक सवारी बजारमा अग्रस्थानमा रहँदै आएको छ, जहाँ उसले बजाज अटो, ओला इलेक्ट्रिक, एथर इनर्जी र हिरो भिडा जस्ता प्रतिस्पर्धीलाई पछि पारेको छ।

टीभीएसले आगामी अक्टोबरदेखि डिसेम्बरसम्मको त्रैमासिक अवधिमा दुई नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारी गरिरहेको छ। तीमध्ये एक स्कुटर र अर्को तीन पाङ्ग्रे सवारी हुने अपेक्षा गरिएको छ।

कम्पनीले नयाँ स्कुटरको बारेमा औपचारिक रूपमा केही जानकारी दिएको छैन । यद्यपि रिपोर्टका अनुसार नयाँ स्कुटर इन्ट्री लेभलको इलेक्ट्रिक स्कुटर हुने सम्भावना छ, जसको नाम टीभीएस अर्बिटर वा टीभीएस इन्दस हुन सक्ने अनुमान गरिएको छ।

सो नयाँ स्कुटर टीभीएसको विद्यमान आईक्युब मोडलभन्दा सस्तो हुनेछ । रिपोर्टका अनुसार यसमा बोश हब माउन्ट गरिएको मोटर प्रयोग गरिनेछ, तर मोटरको क्षमता आईक्युब भन्दा कम हुने अपेक्षा गरिएको छ। साथै, यसको ब्याट्री क्षमता २.२ किलोवाट भन्दा कम हुने सम्भावना छ। फिचरका लागि यसमा सीमित स्मार्ट कनेक्टिभिटी र सामान्य एलसीडी डिस्प्ले हुन सक्ने अनुमान गरिएको छ ।

टीभीएसको नयाँ स्कुटरको मूल्य लगभग १ लाख भारु वा त्यसभन्दा थोरै कम हुने अपेक्षा गरिएको छ । लन्चिङ पछि यसले ओला एस१एक्स र बजाज चेतकसँग प्रतिस्पर्धा गर्ने सम्भावना छ ।

सम्बन्धित समाचारहरू

२ लाख ९० हजारको स्कुटर किनेका विनोद मानन्धरले उपहार पाउने भए ४३ लाखको कार

२ लाख ९० हजारको स्कुटर किनेका विनोद मानन्धरले उपहार पाउने भए ४३ लाखको कार

काठमाडौं – नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक...

यी बाइकमा छ एबीएस : वर्षामा चलाउदा बाइक चिप्लने खतरा हुन्छ कम

यी बाइकमा छ एबीएस : वर्षामा चलाउदा बाइक चिप्लने खतरा हुन्छ कम

एबीएस अर्थात एन्टी लक ब्रेकिङ सिस्टम नभएको बाइक ड्राइभ गर्नु खतरनाक हुन्छ...

टीभीएसले ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य र विशेषता

टीभीएसले ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य र विशेषता

टीभीएसले आफ्नो ईभी लाइनअपमा नयाँ स्कुटर थपेको छ । कम्पनीले अर्विटर नामक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...