पोखरामा टिभिएस एनटर्कको माइलेज टेष्ट सम्पन्न

पोखरा– टिभिएस मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) सम्पन्न गरेको छ । आइतबार पोखरा शोरुम (बतास ब्रदर्श) देखि ढिकीडाँडा रिसोर्टसम्म उक्त माइलेज टेस्ट एनओजी राइड सञ्चालन गरिएको थियो ।

माइलेज क्याम्पमा माइलेज परीक्षण, स्कुटर चेक क्याम्प र माइलेज -यालीजस्ता विभिन्न गतिविधिहरू सञ्चालन गरिएको कम्पनीले जनाएको छ । उक्त माइलेज क्याम्पमा ६३.३ किलोमिटर राइडसहित विन्दुराज घिमिरे विजेता हुन सफल भएका थिए भने ५७.६८ किलोमिटर राइडसहित प्रज्वल कार्की दोस्रो र ५७.८९ किलोमिटर राइडसहित मोहन काफ्ले तेस्रो भएका थिए । आयोजकले बिजेताहरुलाई पुरस्कार प्रदान गरेको थियो ।

माइलेज टेस्ट एनओजी राइडमा राइडरहरू बीच विभिन्न खेलहरु खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र र उपहार पनि प्रदान गरिएको थियो । करिब ५० जना राइडर सहभागि सो माइलेज टेस्ट राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

साथै, उक्त राइडमा प्राबिधिक टिमले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो

सम्बन्धित समाचारहरू

नयाँ जुपिटर ११० को टिजर सार्बजनिक, २ दिनपछि लन्च हुने

नयाँ जुपिटर ११० को टिजर सार्बजनिक, २ दिनपछि लन्च हुने

टिभिएसले अपडेटेड जुपिटर ११० को टिजर तस्बिर सामाजिक सञ्जालमा सेयर गरेको छ ।...

टीभीएस अपाचे आरटीआर २०० ४भी लन्च

टीभीएस अपाचे आरटीआर २०० ४भी लन्च

टीभीएस मोटरले आफ्नो लोकप्रिय पर्फर्मेन्स बाइक सिरिज अपाचेको २० औं...

धनगढीमा प्रोटोन ईमासको नयाँ शोरूम सञ्चालन

धनगढीमा प्रोटोन ईमासको नयाँ शोरूम सञ्चालन

काठमाडौं – जगदम्बा मोटर्स अन्तर्गतको इलेक्ट्रिक सवारी साधन ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...