आयो टीभीएसको अफर : १० हजार, अपाचे आरआर ३१० देखि प्रोटोन सागा गाडी सम्म पाइने

काठमाडौं – नेपालका लागि टीभीएस बाइक र स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै ‘टीभीएस वा, वाह्, वाहह्’ ग्राहक योजना अघि ल्याएको छ । चैत ८ गतेबाट उत्साहजनक अफरहरुका साथमा शुरु भएको सो योजना वैशाख ३१ गतेसम्म चल्नेछ । यस योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटसाइकल वा स्कुटरकोे खरिदमा १० हजार रुपैयाँसम्म पक्का डिस्काउन्टको व्यवस्था साथै शून्य प्रतिशत ब्याजदर भएको ‘वा’ अफर रहेको कम्पनीले जनाएको छ । यसका साथै योजनालाई ‘वा’ बाट ‘वाह्’ बनाउन योजनाको समय अवधिमा टीभीएसको कुनै पनि मोटसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकमध्ये एकजना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा फेसबुक लाइभमार्फत एउटा नयाँ टीभीएस अपाचे आरआर ३१० उपहारस्वरुप प्रदान गरिने कम्पनीको भनाइ छ। यो योजना यतिमा मात्र सीमित नभएर ‘वा’ बाट ‘वाह्’हुँदै ‘वाह्ह्’सम्मको थप भव्य बनाउन योजनाको अन्त्यमा एकजना अति नै भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरुप स्ट्यान्डर्ड एमटी भर्सनको नयाँ प्रोटोन सागा गाडी फेसबुक लाइभमार्फत प्राप्त गर्नेछन्। यो योजना देशमा रहेका सम्पूर्ण टीभीएस शोरुममा लागू भएको कम्पनीले जनाएको छ। नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको बताएको छ। गुणस्तरीय उत्पादनहरु बिक्रीपश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्विलर ब्रान्ड बनेको कम्पनीले दाबी गरेको छ।  

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...