जनकपुरमा टीभीएसको नयाँ शोरुम विस्तार

काठमाडौं –टीभीएसले जनकपुरमा आफ्नो नयाँ आधिकारिक डिलरशिप विस्तार गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न यो शोरूम आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित हुने जानकारी दिइएको छ । नयाँ शोरुम प्रदेश २ का मुख्यमन्त्री सतिशकुमार सिंहको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो ।

‘टीभीएस,नेपाली उपभोक्ताका लागि लामो समयदेखि भरपर्दो र नवीनतम प्रविधि सुसज्जित उत्पादनहरु प्रस्तुत गर्दै आइरहेको ब्रान्ड हो’ उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले भने,‘सञ्चालनमा आएको यो नयाँ शोरूमले ग्राहकलाई उच्च गुणस्तरका दुईपांग्रे सवारी साधन सहज रूपमाउपलब्ध गराउनेछ, जसले स्थानीय यातायातको सुविधा सुधार गर्नेछ भन्ने मेरो विश्वास छ ।’

ग्राहकलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्न आफ्नो विशेष ध्यान केन्द्रित रहेको र मोटरसाइकल तथा स्कुटरहरूको विस्तृत रेन्ज, बिक्री पछिको भरपर्दो सेवा तथा सहज खरिद प्रक्रिया प्रदान गर्ने कम्पनीले जनाएको छ । ग्राहकहलाई आफ्ना आवश्यकता अनुसार उत्तम सवारी छनोट गर्न सघाउने प्रतिबद्धता ब्यक्त गरिएको छ ।

‘टीभीएसले सधैं उद्योगमा नयाँ मानक स्थापित गर्दै आएको छ । यो नयाँ डिलरशिपले प्रदेश २ मा हाम्रो उपस्थिति बलियो बनाउनुका साथै ग्राहकसम्म विश्वस्तरीय दुईपांग्रे सवारी सजिलै पु-याउने प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ’ जगदम्बा मोटर्सका काकार्यकारी निर्देशक अखिल गुप्ता भने ।

त्यस्तै, आर्यन अटोमोबाइल्सका प्रबन्ध निर्देशक रामबालक महतोले जनकपुरका ग्राहकहरूलाई टीभीएसका अत्याधुनिक उत्पादन र सेवाहरू उपलब्ध गराउन निकै उत्साहित रहेको बताए । ‘हाम्रो प्रमुख उद्देश्य नै सर्वोत्तम ग्राहक अनुभव प्रदान गर्नु हो । यसका लागि भरपर्दो सेवा र विश्वासनिय स्पेयर पाट्र्सको सुनिश्चितता प्रदान गर्न हामी प्रतिबद्ध छौँ’ उनले भने ।

सम्बन्धित समाचारहरू

रेडर बन्यो टीभीएसको सबैभन्दा बढी बिक्री हुने मोडल, मासिक ४० हजार युनिट बिक्री

रेडर बन्यो टीभीएसको सबैभन्दा बढी बिक्री हुने मोडल, मासिक ४० हजार युनिट बिक्री

बजारमा उपलब्ध भएको दुई वर्षको अवधिमै भारतमा टीभीएस रेडरले बिक्रीका आधारमा...

ग्राहक तान्न ४ मोटरसाइकल ब्रान्डविच प्रतिस्पर्धा, यस्तो छ स्किम र अफर

ग्राहक तान्न ४ मोटरसाइकल ब्रान्डविच प्रतिस्पर्धा, यस्तो छ स्किम र अफर

बजारमा तरलता अभावको समस्या चर्किन शुरु भएसंगै मोटरसाइकल तथा स्कुटरको...

टीभीएसद्वारा राष्ट्रिय स्तरको स्किल फेस्ट आयोजना, ३० जना उत्कृष्ट टेक्निसियन छनोट

टीभीएसद्वारा राष्ट्रिय स्तरको स्किल फेस्ट आयोजना, ३० जना उत्कृष्ट टेक्निसियन छनोट

टीभीएस मोटर कम्पनीले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्तरको सिप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...